शुक्रबारदेखि परेको अविरल वर्षाका कारण सुनसरीस्थित कोसी ब्यारेजमा पानीको बहाव उच्च भएको छ।


ADVERTISEMENT


वर्षा रोकिएन र यही स्तरमा पानीको बहाव बढिरहेमा समस्या हुने भएकाले नेपालले भारतसमक्ष ब्यारेजका थप ढोका खोल्न अनुरोध गरेको छ।


ADVERTISEMENT

# # #


हालसम्म ‘ओभरफ्लो’ भइनसकेको भएपनि जोखिम बढ्दै गएको भन्दै परराष्ट्र मन्त्रालय मार्फत् ब्यारेजका थप ढोका खोल्न भारतसँग अनुरोध गरिएको गृहमन्त्री जनार्दन शर्माले बताएका छन्। ‘अहिले ओभरफ्लो भएको त छैन। तर, राति खतरा बढ्ने सम्भावना अत्यधिक भएकाले थप ढोका खोल्न पहल गर्ने भएका हौं। परराष्ट्रमार्फत हामीले अनुरोध गरिसक्यौं,’ मन्त्री शर्माले सेतोपाटीसँग कुरा गर्दै भने।

वर्षा नरोकिएकाले मन्त्रालयको दैवी प्रकोप व्यवस्थापन शाखा रातभर ‘स्ट्याण्डबाइ’ नै रहने पनि मन्त्री शर्माले जानकारी दिए।

सुनसरीको लौकही, महेन्द्रनगर, चतरा र भण्टाबारी कोसीको सबैभन्दा जोखिमपूर्ण र प्रभावित क्षेत्र मानिन्छ ।