काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) सम्बद्ध देशभक्त गणतान्त्रिक मोर्चा, नेपालका संयोजक सिपी गजुरेलले वर्तमान सरकार फाँसिवादतफ उन्मुख भएको आरोप लगाएका छन् ।


ADVERTISEMENT


सोमबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै गजुरेलले आइतबार सीमा अतिक्रमणबारे नेपाल सरकारका उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेललाई ज्ञापनपत्र बुझाउन सिंहदरबार जाने क्रममा आफूहरुलाई गिरफ्तार गरेकोमा आपत्ति जनाउँदै यस्तो आरोप लगाएका हुन् ।


ADVERTISEMENT

# # #


‘हिजोको घट्ना पूर्व अनुमानभन्दा बाहिरको घट्ना हो । हामी सरकारलाई जानकारी गराएर नै ज्ञापनपत्र बुझाउन सिंहदरबार गएका थियौं । तर, प्रहरी ज्यादती भयो’ उनले भने । उनले शान्तिपूर्ण रुपमा आफ्नो र्याली निकाल्दा माथिको आदेश भन्दै लाठी चार्ज र पक्राउ गरिएका भन्दै आक्रोश व्यक्त गरे ।

सरकारले सीमा विवादलाई दँउन चाहेको आशंका व्यक्त गर्दै उनले भने, ‘सरकारले कतै यो विषयलाई दबाएर लैजान चाहेको थियो होला ? हामीलाई त हिजोको सरकारी कदमबाट यो आशंका पैदा भएको छ ।’ उनले देश बचाउने आन्दोलन गर्दा आइतबारको घटना दोहोर्याए वर्तमान सरकारको खैरियत नभएको चेतावनी दिए । उनले भने,‘हिजोको घट्ना दोहोर्याए यो सरकारको खैरियत छैन् ।’

उनले सरकारको क्रियाकलाप हेर्दा सरकार फाँसिवादतर्फ जान लागेको टिप्पणी गरे । नेता गजुरेलले भने, ‘हिजो हामीलाई पक्राउ गरिएपछि पक्राउ परेका हाम्रा महासचिव परी थापाजीले रक्षामन्त्रीलाई फोन गर्नुभयो, किन यस्तो प्रहरी ज्यादती भनेर सोध्दा उहाँले तपाईहरुलाई अब सरकार फाँसिस्ट भयो भन्न सजिलो भयो भनेर भन्नुभयो ।’

यस्तै फरक प्रशंैगमा उनले एमसीसीबारे नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आईपिएसको अंग भए नस्विकार्ने भनेर सार्वजनिक रुपमै बोलेको अवस्थामा अमेरिकाले एमसीसी आईपिएसको अंग भएको बताएपछि अहिले प्रचण्ड चुप भएको बताए । उनले भने, ‘प्रचण्डबाबु किन चुप भए ? अमेरिकाले एमसीसी आईपिएसको अंग भनेपछि उहाँको बोली नै बन्द भयो ।’ नेपाले अमेरिकाको सामरिक रणनीतिमा सामेल हुँदा नेपालको असंलग्नताको नीति भत्किने पनि उनको टिप्पणी छ ।

कार्यक्रममा मोर्चाका महासचिव परी थापा, सचिवालय सदस्य दिपक शाही, पवनमान श्रेष्ठ, हरिकृष्ण गजुरेलको सहभागिता रहेको थियो ।