काठमाडौँ – पश्चिमी उच्च पहाडी र हिमाली भूभागमा आज हल्का हिमपात हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।


ADVERTISEMENT


जम्मु–कश्मिरमाथि रहेको पश्चिमी न्यून चापीय प्रणाली नेपालको पूर्वी भूभागबाट पश्चिमी भेगमा प्रवेश गर्ने भएकाले हिमपातको संभावना रहेको जनाइएको छ ।


ADVERTISEMENT

# # #


सोे प्रणाली बुधबार साँझसम्ममा अझै सशक्त भई मध्य र पूर्वका उच्च पहाडी र हिमाली भूभागमा समेत हिमपातको सम्भावना रहेको मौसमविद् शान्ति कँडेलले जानकारी दिइन् । उनले बुधबार र बिहीबार देशैभरि बदली भई तापक्रममा घट्ने चिसो बढ्ने बताइन्।