काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको गत पुस ४ गते भएको साधारण सभाले नयाँ नेतृत्व चयन गरेसँगै पदस्थापन कार्यक्रम सम्पन्न गरेको छ ।


ADVERTISEMENT


कार्यक्रममा निवर्तमान अध्यक्ष शम्भुप्रसाद दाहालले नवनिर्वाचित अध्यक्ष कृष्णप्रसाद दुलाललाई पदस्थापन गराएका छन् ।


ADVERTISEMENT

# # #


दुलाल नेतृत्वको पहिलो बैठकले पदाधिकारी र विभिन्न समितिहरुको टुङ्गो समेत लगाएको छ ।

बैंठकले निर्वाचित सदस्यहरु मध्येबाट दुई उपाध्यक्ष र संस्थागत सदस्य तर्फबाट दुई उपाध्यक्ष, महासचिब, सचिब, कोषध्यक्ष र सहकोषाध्यक्ष चयन गरिएको हो । यस्तै, विभिन्न समितिका सभापतिहरुको समेत टुङ्गो लगाईएको नाडाले जनाएको छ ।

निर्वाचित सदस्यहरु मध्येबाट करण चौधरी र आकाश गोल्छा उपाध्यक्ष चयन भएका छन् । संस्थागत तर्फबाट नवराज ढल्लाकोटी र सुवास आर्चाय उपाध्यक्ष भएका छन् ।

यस्तै, यस अघिका महासचिब सुनिल रिजाल सोही पदमा चयन भएका छन् । सचिवमा अनुप बराल, कोषध्यक्ष सुरेन्द्र (सुरेस) उप्रेति र सहकोषाध्यक्ष बिक्रम सिंघानिया चयन भएका छन् । तीनै जना यसअघि पनि सोही पदमा रहेका थिए ।

अध्यक्षमा उमेद्वारी घोषणा गरेका प्रकाश कपुरी लगायत कपिल शिवाकोटी र शुभासिस थपलियालाई अध्यक्ष दुलालले केन्द्रीय कार्य समिति सदस्यका रुपमा मनोनित गरेका छन् ।


बैंठकले नाडा अटो शो समितिको सभापतिमा राजनबाबु श्रेष्ठलाई चयन गरेको छ । अटो शो नाडाको सबैभन्दा सफल र चर्चामा रहने समितिमा पर्ने गरेको छ ।

साथै, टु ह्वीलर्स कमिटिको सभापतिमा अभिक ज्योति, फोर ह्वीलर्स कमिटिको सभापति करण चौधरी र सडक सुरक्षा तथा वातावरण कमिटिको सभापतिमा निराकार श्रेष्ठ, राजस्व कमिटिमा दिपक अग्रवाल, प्रचार–प्रसार समितिमा अनुप बराललाई चयन गरेको छ ।