समय चलिरहन्छ, रोकिँदैन । प्रत्येक पलमा यो अघि बढिरहन्छ । अर्थात् समय भनेको पर्दामा आएको दृश्यलाई दोहोर्‍याएर हेर्न नसकिएजस्तै हो ।


ADVERTISEMENT


समय वा ‘टाइम’लाई लिएर हाम्रो धारणा यही हो । हामी सबैलाई थाहा छ कि अहिले हामी जुन पल जिइरहेका छौँ, त्यो केही बेरमै विगत हुनेछ । हिजो, आज र भोलि । समयका यी तीन चक्रबारे हामी निकै जानकार छौँ ।


ADVERTISEMENT

# # #


यस्तै मौसमले पनि हामीलाई समयको बारेमा बोध गराउँछ । गर्मी, जाडो, वर्षात्, वसन्तले आइरहने मौसम र बितेको यादलाई एकपटक पुःन सम्झाउँछन् । तर, मजाको कुरा के छ भने वैज्ञानिकले हाम्रो शरीरमा बाध्न मिल्ने यस्तो कुनै घडी बनाउन सकेका छैनन्, जसले समयलाई लिएर हाम्रो सोच बदल्न सकोस् ।

समयबारे हाम्रो धारणा
समयबारे हाम्रो धारणा भनेको यो बितेको पलबाट वर्तमान हुँदै भविष्यतर्फ गइरहेको प्रक्रिया हो । हामी सबैले समयलाई मह्तवपूर्ण ठान्छौा । त्यही अनुसार आफ्ना योजना तय गर्छौँ । समयले हाम्रो सभ्यताको विकासलाई सम्झाउँछ । प्राचीन ग्रीक दार्शनिक अरस्तू मान्थे कि हाम्रो वर्तमान लगातार बद्लिरहेको छ । यता इश्वी १६० मा रोमन बादाह मार्कस अरेलियसले समयलाई बगिरहेको नदीसँग तुलना गरेका थिए ।

आजपनि पश्चिमी मान्छेहरु समयबारे यही धारणा मान्छन् । यता शून्यको आविष्कार गर्ने भारतमा केही प्राचिन दाशीनिक यो मान्दथे कि समु शून्यमा रोकिन्छ ।

स्मरण

हामी आफ्नो विगतलाई समयका रुपमा अर्थ्याउँछौँ । जुन विभिन्न घटनाको एउटा भिडियो लाइब्रेरीजस्तै हो । एउटा यस्तो लाइब्रेरी जसलाई हामी आफ्नो आवश्यकता अनुसार केही दृश्य निकालेर फेरि हेर्छौँ । यद्दपी हामी वितेको समयको बढीजसो कुराहरु भुल्छौँ, धेरै कोसिस गर्दा पनि ती याद हुन्नन् । तर, केही घटना यस्ता हुन्छन्, जसलाई हामी भुल्न सक्दैनौँ ।

केही नयाँ प्रयोग गर्नुहोस्

समयलाई सकारात्मक तरिकाले सोचेर हामी आफ्नो जीवनमा सुख र समृद्धि ल्याउन सक्छौँ । सबैले राम्रो क्षण कुरा विस्तारै जाओस् र खराब क्षण चाँदै बितोस् भन्ने चाहन्छन् । तर चाहँदैमा केही हुने होइन । समयले कसैलाई पर्खिँदैन, ऊ आफ्नै गतिमा बगिरहन्छ एउटा अनन्त नदीजस्तै ।

हरेक हप्ता केही नयाँ सोच्नुहोस् । केही नयाँ अनुभव गर्नुहोस् । अरु कुरा नभए पनि खानपिन र हिंडडुलमा तपाईं नयाँ प्रयोग गर्न सक्नुहुन्छ । प्रत्येक दिन एउटै गर्नुको सट्टा कहिलेकाहीँ नयाँ प्रयोग गर्नुहोस् । यसले तपाईंलाई नयाँ कुराको ज्ञान दिलाउनेछ, नयाँ अनुभव गराउनेछ । यसले शनिबार वा आईतबारको साप्ताहिक छुट्टी सकिने भोलिपल्टको दिनको बारेमा मनमा तनाव उत्पन्न गर्नदिने छैन ।