काठमाडौं । अविरल बर्षाका कारण डुवानमा परेकाहरुको तत्काल उद्दार गर्न प्रधानमन्त्री शेरबहादुर देउवाले निर्देशन दिएका छन् ।


ADVERTISEMENT


तराईका बिभिन्न ठाउँहरुमा बाढीले बितण्डा मच्चाईरहँदा शनिबार साँझ गृहमन्त्री, रक्षामन्त्रीका साथै प्रधानसेनापति, नेपाल प्रहरी र शशस्त्र प्रहरीका प्रमुख, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख लगायतका अधिकारीहरुलाई बालुवाटारमा बोलाएर प्रधानमन्त्री देउवाले राहत र उद्धारमा तत्काल तदारुकता देखाउन निर्देशन दिएका हुन् ।


ADVERTISEMENT

# # #


बाढीका कारण थप ढुवानमा पर्न सक्ने क्षेत्रको समेत पहिचान गरेर उच्च सतर्कता उपनाउन निर्देशन भएको प्रधानमन्त्रीका स्वकीय सचिव बिरेन्द्र थापाले हिमालय पोष्टलाई जानकारी दिए ।