काठमाडौँ – दक्षिण अफ्रिका क्रिकेट टिमका पूर्व कप्तान तथा स्टार ब्याट्सम्यान हसिम अमलाले आगामी चैत्रमा काठमाडौँमा हुने चौथो संस्करणको एभरेस्ट प्रिमियर लिग (ईपीएल) खेल्ने भएका छन् ।


ADVERTISEMENT


ईपीएलको फ्रेन्चाइज टिमले अनुबन्ध गरेमा प्रतियोगिताका लागि दक्षिण अफ्रिका क्रिकेटका पूर्व कप्तान अमला नेपाल आउँन तयार देखिएका हुन् ।


ADVERTISEMENT

# # #


यदपी उनी कुन टिमबाट खेल्नेभन्ने टुंगो लागिसकेको छैन । सन् २०१४ देखि २०१६ सम्म दक्षिण अफ्रिकाको टेस्ट क्रिकेटका कप्तान बनेका हसिम अमलाले १२४ टेस्ट खेलमा २८ शतक र ४१ अर्धशतकको मदतले ९ हजार २ सय ८२ रन बनाएका छन् । यस्तै उनले १८१ एकदिवसीय खेलमा २७ शतक र ३९ अर्धशतसहित ८ हजार १ सय १३ रन हानेका छन् । ४४ टी–२० अन्तराष्ट्रिय खेलेका उनले ८ अर्धशतकसहित १ हजार २ सय ७७ रन बनाएका छन् ।

अमलाले गत वर्षको अगस्टमा भएको विश्वकपपछि सबै प्रकारका अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका थिए । ईपीएल चैत १ देखि १५ गतेसम्म काठमाडौँमा हुँदैछ ।  इपीएल आयोजकले यसपटक केही नियम परिवर्तन गरेको छ ।

आइकोनिक खेलाडीका रुपमा प्रत्येक टिममा एउटा टेस्ट क्रिकेट खेलेको विदेशी खेलाडी अनिवार्य गरिएको छ । यस्तै सन् २०१८ र २०२० को इपीएल बीचमा नेपालमा भएका अन्य घरेलू क्रिकेट लिग (धनगढी प्रिमियर लिग, पोखरा प्रिमियर लिग लगायत) खेलेका विदेशी खेलाडीले यो पटकको इपीएल खेल्न पाउने छैनन् ।

नेपालमा अन्य लिग खेलेका युएईका पूर्व कप्तान रोहन मुस्ताफा, हङकङका पूर्व कप्तान बाबर हायात, भारतका सन्नी पटेल, जयकिसन कोल्सावाला, गौरव तोमार लगायतका खेलाडीलाई यो संस्करणको इपीएलमा देख्न पाइने छैन ।

यस हिसाबले यो पटकको इपीएल झन् भव्य हुने भएको छ ।