काठमाडौँ – सार्वजनिक सवारी चालकले अब जुत्ता लगाएर मात्रै सवारी चलाउनु पर्ने भएको छ ।


ADVERTISEMENT


महानगरीय ट्राफिक प्रहरी महाशाखा र नेपाल यातायात व्यवसायी रारष्ट्रिय महासंघ, मजदुर ट्रेड युनियन लगायतका पदाधिकारीहरुको अन्तक्रियात्मक कार्यक्रममा उक्त प्रतिवद्धता जनाइएको हो । केही दिन पहिले महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी भीम ढकालले सार्वजनिक यातायातको अनुगमनपश्चात सोमबार उक्त अन्तक्रिया कार्यक्रमको आयोजना गरेका थिए ।


ADVERTISEMENT

# # #


कार्यक्रममा सवारी चलाउँदा जुत्ता लगाउनुपर्नेदेखि ठूलो आवाजमा गीत बजाउन नपाउनेसम्मका १९ बुँदे प्रतिवद्धता जनाइएका छन् । गर्मीका बेला पसनिा निक्लिने भएकाले चालकले चप्पल लगाउँदा ब्रेकका बेला चिप्लिने समस्याले दुर्घटना निम्त्याउन सक्ने निष्कर्ष निकाल्दै सवारी चलाउँदा चालकले जुत्ता लगाउनुपर्ने जनाइएको हो ।

१९ बुँदे प्रतिवद्धता कार्यान्वयन भए नभएको अनुगमनका लागि प्रहरी उपरीक्षक (एसपी) राज कुमार वैदारको संयोजकत्वमा ८ सदस्यीय अनुगमन समिति गठन गरिएको छ ।