काठमाडौँ – नेपाल भ्रमण वर्ष २०२० को अन्तरराष्ट्रिय शुभारम्भ अष्ट्रेलियाको सिड्नीबाट गरिएको छ । विदेशस्थित नेपाली दूतावास तथा दूतावास नभएका मुलुकमा गैरआवासीय नेपालीमार्फत आज भव्य शुभारम्भ गरिएको नेपाल भ्रमण वर्ष सचिवालयले जनाएको छ ।


ADVERTISEMENT


संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराई भ्रमण वर्षको अन्तरराष्ट्रिय शुभारम्भ गर्न अष्ट्रेलियाको गएका थिए ।  अष्ट्रेलियाली पक्ष र गैरआवासीय नेपालीको प्रतिनिधिहरुको उपस्थितमा भव्य समारोहका बीच सिड्नीमा मन्त्री भट्टराईले भ्रमण वर्षको शुभारम्भ गरेका हुन् ।


ADVERTISEMENT

# # #


राष्ट्रिय रूपमा भ्रमण वर्षको सन् २०२० जनवरी १ (पुस १६ गते) काठमाडौँको दशरथ रङगशालामा भव्य समारोहबीच राष्ट्रपति विद्यादेवी भण्डारीले शुभारम्भ गरेकी थिइन् । सातै प्रदेशका मुख्यमन्त्रीले आ–आफ्नो प्रदेशबाट भ्रमण वर्षको सोहीदिन शुभारम्भ गरेका थिए । सरकारले भ्रमण वर्ष २०२० अभियानमा २० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य लिएको छ । भ्रमण वर्षको देश तथा विदेशमा प्रवद्र्धनात्मक गतिविधि सञ्चालन भइरहेको छ ।