काराबाओ कप फुटबल अन्तर्गत सेमिफाईनलको पहिलो लेगमा म्यानचेष्टर सिटी विजयी भएको छ । म्यानचेष्टर डर्बीमा युनाईटेडलाई ३–१ ले हराउँदै सिटिले फाइनल प्रवेशको सम्भावना बलियो बनाएको हो । सिटीको जितमा बर्नाण्डो सिल्भा र रियाद महारेजले एक एक गोल गरे । अर्को गोल उसले उपहारस्वरुप प्राप्त गरेको थियो । सिल्भाले १७ औँ मिनेटमा गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । ३३ औ मिनेटमा महारेजले अर्को गोल गरेपछि सिटी २–० का अवस्थामा पुगेको थियो । त्यसको ५ मिनेटपछि युनाईटेडले आत्मघाती गोल गरेपछि सिटी पहिलो हाफमै ३–० को अग्रता बनाउन सफल बन्यो ।


ADVERTISEMENT


४३ प्रतिशत बल पोजिशनको खेलमा युनाईटेडले दोस्रो हाफमा लय समाएको थियो । ७० आँै मिनेटमा मार्कोस रासफोर्डले गोल गर्दै अन्तर घटाएपनि त्यसपछिका अवसर युनाईटेडले सदुपयोग गर्न सकेन् । सेमिफाइनलको दोस्रो लेग जनवरी २९ मा हुनेछ । काराबाओ कप फुटबलको सेमिफाईनलमा आज लेष्टर सिटी र एष्टन भिल्ला प्रतिस्पर्धा हुनेछ ।


ADVERTISEMENT

# # #