अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इराकस्थित अमेरिकी सैन्य आधार शिविरहरूमा क्षेप्यास्त्र प्रहार गरेपछि इरान तल परेको जस्तो देखिएको बताउनुभएको छ ।


ADVERTISEMENT


ह्वाइट हाउसबाट टेलिभिजनमार्फत् सम्बोधन गर्दै ट्रम्पले इरानी आक्रमणमा अमेरिकी वा इराकी नागरिकहरूको मृत्यु नभएको र अमेरिकी सैन्य आधार शिविरहरूमा पनि खासै क्षति नभएको बताएको बीबीसीले जनाएको छ ।
आफ्ना सैन्य जेनरल कासिम सुलेमानीको हत्याको बदला लिन भन्दै इरानले हिजो इराकस्थित अमेरिकी सैन्य आधार शिविरहरूमा क्षेप्यास्त्र प्रहार गरेको थियो।


ADVERTISEMENT

# # #


इरानले इराकस्थित एर्बिल र अल असदमा रहेका त्यस्ता शिविरहरूमा क्षेप्यास्त्र प्रहार गरको बताइएको छ।