काठमाडौँ – भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले सहकारीको माध्यमबाट वैदेशिक रोजगारी विस्थापित गर्नुपर्ने बताएकी छन् । राष्ट्रिय सहकारी महासंघको २७ औं वार्षिक साधारणसभाका अवसरमा आयोजित कार्यक्रममा मन्त्री अर्यालले यस्तो बताएकी हुन ।


ADVERTISEMENT


एक घर एक सहकारी सदस्य अनिवार्य अभियान चलाएर वैदेशिक रोजगारीलाई विस्थापित गर्नेगरी अगाडी बढ्नु पर्ने उनले बताईन । मन्त्री अर्यालले एउटा सहकारी र एउटा रोजगारी पनि अनिवार्य गर्नुपर्ने बताईन ।


ADVERTISEMENT

# # #


मन्त्री अर्यालले राष्ट्रिय अर्थतन्त्र निर्माणका लागि एउटा बलियो खम्बा सहकारी भएको पनि बताईन । राज्यले सहकारीलाई अर्थतन्त्र निर्माणको खम्बा मानेको र व्यवहारले पनि त्यो पुष्टि भएको उनको भनाई थियो ।

समृद्धिको आधार क्षेत्र सहकारी भएकाले सहकारीले आफनो कार्यक्षेत्र फराकिलो बनाउँदै लैजानु पर्ने उनले बताईन । महिला उद्यमशिलता, किसानको व्यवसायिकता, युवा उद्यमशिलताका क्षेत्रमा केही न केही काम सुरु गरेर प्रयोगात्मक बन्न पनि मन्त्री अर्यालले सहकारीहरुलाई आग्रह गरिन ।

हिजोका दिनमा विस्थापित घरेलु उद्योगहरुको पुनस्र्थापनाका लागि सहकारीले भुमिका खेल्नु पर्ने उनको भनाई थियो ।