मह


ADVERTISEMENT


मह चिसोका लागि उचित मानिन्छ । यसमा एन्टिमाइक्रोवायल तत्व हुने भएकोले कीटाणुको प्रवेशलाई नष्ट गर्छ । साथै पाचन प्रक्रियामा सुधार ल्याउँछ । रोग प्रतिरोधात्मक क्षमताको विकास गर्छ । महको दैनिक प्रयोगले रोगसित लड्ने क्षमता प्रदान गर्छ । चिसोबाट बढी प्रभावित हुने बालबालिका र बृद्ध–बृद्धाले दुधसित मिलाएर मह सेवन गर्दा फाइदाजनक हुन्छ ।


ADVERTISEMENT

# # #


अदुवा

अदुवाले रोग प्रतिरोधात्मक क्षमता बढाउनुको साथै शरिरलाई हिट पनि प्रदान गर्छन । जाडो सिजनमा शरीरमा पानीको मात्रा कम हुने गर्छ । जसले गर्दा कब्जियतको समस्याले समेत सताउन सक्छ अदुवाको सेवनले पाचन प्रक्रियामा सहयोग पुर्‍याउँछ । जाडो मौसममा भोजनमा अदुवाको समावेश गर्नाले लाभ मिल्छ ।

कोदोको सुप

आधा लिटर पानीमा २ चम्चा कोदोको पीठोको सुप बनाएर विहानको समयमा पिउनाले शरिरलाई न्यानो प्रदान गर्छ । कोदोमा प्रर्याप्त मात्रामा आइरन र भिटामिन पाइने हुनाले रक्तअल्पताबाट समेत बचाउँछ ।

मासु तथा सुप

मासुले शरिरलाई शक्ति प्रदान गर्ने मात्र होइन । यसमा भएका भिटामिनहरुले शरिरलाई रोग प्रतिरोधात्मक क्षमताको विकास गराउँछ । शरिररको मांसेपशी दरो बनाउनुको साथै शरिरलाई ऊर्जा प्रदान गर्छ । बढ्दो मुटुरोगी,उच्च रक्तचापका विरामीहरुले पनि रातो मासुको भन्दा कुखुराको मासु सेवन उत्तम हो ।

दुध र अण्डा

दुधमा पाइने भिटामिन डी ले जाडोमा लाग्ने बिभिन्न संक्रमणबाट बचाउछ । भिटामिनले शरिरलाई न्यानो प्रदान गर्छ । रगतको कोषहरुको निर्माण गर्नुको साथै फ्लु भाइरसबाट बचाउँछ । यसको साथै यसमा पाइने म्याग्नेसियमले जाडोमा हुने एक्लोपना, तनाव र मानसिक समस्यालाई घटाउने काम गर्छ । अण्डाबाट आइरन पोटासियम सुष्म तत्वको परिपुर्ति हुने हुँदा शरीरले संधै न्यानो महसुस गर्छ । र सखरको दैनिक सेवन गरेमा कफलाई बाहिर निकाल्नुको साथै न्यानो पनि प्रदान गर्छ।

हरियो सागसब्जीको दैनिक प्रयोग

मेथी, गाजर, पालुङ्गो, चम्सुर र बेथेको सागको प्रयोग पोषणको हिसावले मात्र नभइ जाडोमा न्यानो प्रदान गर्ने खानाको रुपमा लिइन्छ ।