एजेन्सी – सुरक्षाको कारण देखाउँदै बंगलादेश क्रिकेट बोर्डले पाकिस्तानमा सिरिज खेल्न आफ्ना खेलाडीलाई पठाउन अस्वीकार गरिरहेका बेला वेष्टइण्डिजका विस्फोटक ब्याट्सम्यान क्रिकेस गेलले भने पाकिस्तान विश्वकै सुरक्षित देश भएको बताएका छन् ।


ADVERTISEMENT


हाल बंगलादेशको बंगलादेश प्रिमियर लिग (बीपीएल) खेलिरहेका गेलले अहिले पाकिस्तान विश्वकै सुरक्षित देश भएको बताए । ढाकामा रिपोर्टरहरुसँग बोल्दै उनले पाकिस्तानले खेलाडीलाई राष्ट्रपतीय सुरक्षा दिने प्रतिवद्धता जनाएको बताए ।


ADVERTISEMENT

# # #


‘पाकिस्तान विश्वमै सुरक्षित स्थानमध्ये एउटा हो । उहाँहरुले खेलाडीलाई राष्ट्रपति स्तरको सुरक्षा दिने प्रतिवद्धता जनाउनुभएको छ । ताकि खेलाडी सुरक्षित रहन सकून ।’ गेलले हाँस्दै भने, ‘यसको मतलब यो होइन कि हामी बंगलादेशमा असुरक्षित छौँ ।’

भर्खरै श्रीलंकाले पाकिस्तानमा टेस्ट सिरिज खेलेको थियो । त्यो पाकिस्तानमा १० वर्षपछि भएको पहिलो टेस्ट सिरिज थियो । भर्खरै श्रीलंकाले पाकिस्तानमा टेस्ट सिरिज खेलेको थियो । त्यो पाकिस्तानमा १० वर्षपछि भएको पहिलो टेस्ट सिरिज थियो । बंगलादेश क्रिकेटलाई समेत आमन्त्रण गर्ने संकेतका साथ कराँचीमा समेत दुई टेस्ट खेलाइएको थियो ।

तर, पाकिस्तानमा सुरक्षाको कारण देखाउँदै अन्य देशहरु क्रिकेट खेल्न जान मानिरहेका छैनन् ।