• प्रदेश १
  • मधेश प्रदेश
  • बाग्मती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम
  • प्रिति-युनिकोड

Himalaya Post
  • गृहपृष्ठ
  • राजनीति
  • अर्थ/बैंकिङ
  • अन्तर्वार्ता
  • खेलकुद
  • मनोरन्जन
  • विश्व
  • | English Edition |

Select Page




भ्रमण वर्ष : बसपार्क नहुँदा सडकबाट पर्यटक ओसार्दै पर्यटकीय बस

Jan 12, 2020 |

भ्रमण वर्ष : बसपार्क नहुँदा सडकबाट पर्यटक ओसार्दै पर्यटकीय बस

962
SHARES
ShareTweet
सरकारले भ्रमण वर्ष–२०२० मनाउन शुरु गरे पनि मुलुकको राजधानी काठमाडौँमा भने अहिलेसम्म पर्यटकीय सवारीसाधनका लागि छुट्टै बसपार्क बन्न सकेको छैन । मुलुकको आर्थिक मेरुदण्डको मुख्य आधारका रुपमा रहेको पर्यटक बसका लागि व्यवस्थित बसपार्क नहुँदा अस्थायीरुपमा सोह्रखुट्टेको सडकबाट सवारीसाधन देशका प्रमुख पर्यटकीय गन्तव्यस्थलमा जान बाध्य छन् । काठमाडौँदेखि पोखरा र चितवनको सौराहा, लुम्बिनी, जनकपुरलगायतका प्रमुख पर्यटकीयस्थलमा स्वदेशी तथा विदेशी पर्यटक लैजानका लागि सञ्चालन हुँदै आएका छन् ।
विगत वर्षहरुमा जमलस्थित कान्तिपथ सडकबाट पर्यटक ओसार्ने गरे पनि गृहमन्त्री रामबहादुर थापाले गृह मन्त्रालय सम्हालेपछि शुरु गर्नुभएको गृह प्रशासन सुधार योजनाअनुरुप गत वर्षको असार १६ गतेसोह्रखुट्टे सडकमा अस्थायी बसपार्कका रुपमा व्यवस्था गरेको थियो । काठमाडौँ महानगरपालिका, ट्राफिक प्रहरीलगायतले कान्तिपथ क्षेत्रमा धेरै भीडभाड हुने भएकाले उक्त क्षेत्रबाट पर्यटकीय बसपार्क हटाएर सोह्रखुट्टे सडकमा सारेको थियो । सोह्रखुट्टेबाट चल्ने पर्यटकीय बस बिहान ७ बजे स्वदेशी तथा विदेशी पर्यटक बोकेर पोखरा, सौराहा, लुम्बिनी र जनकपुर जाने गरेका छन् । टुरिस्ट बस एसोसिएशन अफ नेपाल (टिवान)का अध्यक्ष प्रल्हाद लोहनी सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्षलाई सफल बनाउन राज्यले पर्यटकीय बसपार्कले पहिलो प्राथमिकता दिनुपर्ने बताउनुहुन्छ । “सरकार सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने भन्छ तर पर्यटकीय सवारीसाधन सडकबाट गुड्नुपर्ने बाध्यता छ,” उहाँ भन्नुहुन्छ ।
विश्वका धेरै मुलुकले पर्यटन क्षेत्रको विकासका लागि पर्यटक बोक्ने सवारीसाधनलाई छुट्टै बसपार्कका रुपमा विकास गरेको उहाँको भनाइ छ । कान्तिपथ सडकबाट बसपार्क हटाएर सोह्रखुट्टे लगे पनि सरकारले राजधानीको प्रमुख पर्यटकीय गन्तव्यका रुपमा रहेको ठमेल क्षेत्र वरपर नै बसपार्क निर्माण गर्नुपर्ने अध्यक्ष लोहनी बताउनुहुन्छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाको ट्राफिक सुधारका लागि २०७५ चैत २१ देखि तीनमहिने कार्ययोजना बनाएर काम गरेको थियो । उक्त कार्ययोजनामा जेब्राक्रसिङ निर्माण, फुटपाथ व्यवस्थापन, करिडोर निर्माण, सडक विस्तारलगायत रहेका थिए । ट्राफिक प्रहरीको योजनामा समेत पर्यटकीय सवारीसाधनका लागि छुट्टै बसपार्क बनाउने कुरा उल्लेख नगर्दा सडकबाट सवारीसाधन गुड्न बाध्य छन् । टिवानका महासचिव कृष्ण आचार्य पर्यटक बसपार्क निर्माणका लागि टिवानले पटक–पटक सम्बन्धित निकायमा छलफल चलाइरहेको बताउनुहुन्छ ।
“सरकारले पर्यटक बसपार्क निर्माणका लागि आवश्यक चासो नदिँदा बसपार्क बन्न सकेको छैन,” उहाँ भन्नुहुन्छ । पर्यटन क्षेत्रको विकासका लागि पूर्वाधार निर्माण पहिलो प्राथमिकता भएको उहाँको भनाइ थियो । पर्यटन विभागका महानिर्देशक डण्डुराज घिमिरे नेपालको पर्यटन क्षेत्रको विकासका लागि पर्यटकीय बसका लागि छुट्टै बसपार्क आवश्यक रहेको बताउनुहुन्छ । “पर्यटक बसपार्क निर्माण गर्ने कुरामा सरकार सकारात्मक छ,” उहाँ भन्नुहुन्छ । हाल काठमाडौँबाट पोखरा र चितवनको सौराहका लागि झण्डै १०० पर्यटकीय बस आवतजावत गर्दै आएका छन् भने दैनिक तीन हजारदेखि चार हजारको हाराहारीमा स्वदेशी तथा विदेशी पर्यटकलाई गन्तव्यस्थलमा पु¥याउँदै आएका छन् । व्यवसायीले हाल बिहान ५ देखि ७ बजेसम्म सोह्रखुट्टे पर्यटकीय बस पार्किङ गरेर यात्रु बोक्दै आएका छन् भने रातको समयमा विभिन्न ग्यारेजमा शुल्क तिर्न बाध्य छन् ।

#




#
#

#







#




#

#


Share:

Rate:

Previousजङ्गी अड्डामा राष्ट्र निर्माताप्रति सलामी अर्पण
Nextस्वास्थ्य बीमा गरेका आधाले गरेनन् नवीकरण

ताजा खबर

  • रङ्गकर्मी मणि कुलुङको नाटक ‘हराएको कुकुर’ शनिबारदेखि मण्डला थियटरमा
  • धनुषामा सशस्त्र प्रहरी र तस्करबीच भिडन्तः चार राउन्ड हवाई फायर
  • कर्णाली राजमार्गमा ठूला सवारीसाधन सञ्चालनमा रोक
  • भोजपुरको चिरखुवा खोलामा पक्की निर्माण
  • माछा मार्न गएका युवकलाई गोहीले मार्यो

#
#
#
#
#
#
#
#
#
#
#
#
#

#

#
#
#

#
#

हिमालय पोष्ट

प्रकाशक –

लजिक मिडिया प्रा.लि.

ठेगाना – काठमाण्डौ – ४ , बालुवाटार
फोन नं. – +977-1-5705523
www.himalayapost.com

सूचना विभाग दर्ता प्रमाणपत्र नं. १७२ / ०७३ – ७४

ईमेल –
[email protected], [email protected], [email protected]

लजिक मिडियाद्वारा सञ्चालित हिमालय पोष्ट अनलाईन न्यूज पोर्टलका लागि :

अध्यक्ष / प्रधान सम्पादक – लोमस चापागाई

प्रबन्ध निर्देशक / सम्पादक – मिलन भण्डारी

डेस्क सम्पादक – रामचन्द्र पाण्डे

लेखकहरु –
डा. सुरेन्द्र झा
यादबकुमार भट्टराई
गोबिन्द ज्ञवाली
कुसुम भट्टराई


हाम्रो बारे – सम्पूर्ण टिम

© Logic Media Pvt. Ltd. 2017-2025 | All Rights Reserved