• प्रदेश १
  • मधेश प्रदेश
  • बाग्मती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम
  • प्रिति-युनिकोड

Himalaya Post
  • गृहपृष्ठ
  • राजनीति
  • अर्थ/बैंकिङ
  • अन्तर्वार्ता
  • खेलकुद
  • मनोरन्जन
  • विश्व
  • | English Edition |

Select Page




नेप्सेमा भारी वृद्धि, कारोबार रकम सवा अर्बमाथि

Jan 12, 2020 |

नेप्सेमा भारी वृद्धि, कारोबार रकम सवा अर्बमाथि

680
SHARES
ShareTweet
धितोपत्र बजारमा पछिल्लो एक वर्षको अवधिमा नेप्से परिसूचकमा आज सबैभन्दा बढी वृद्धि भएको छ । सन् २०२० को शुरुआतसँगै उकालो लागेको शेयर कारोबारमा मापक नेप्से परिसूचक ‘बुलिस ट्रेण्ड’ पछ्याउँदै करिब ४३ अङ्कले वृद्धि भएको छ । प्रतिशतका आधारमा आजको वृद्धि ३.५१ हो । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से ४२.६१ विन्दुले बढेर एक हजार २५५.७२ मा पुगेर रोकिएको छ । यस्तै सेन्सेटिभ परिसूकसमेत ८.४७ विन्दुले बढेर २७२.७३ मा पुगेको छ ।
बीमा समूहले ‘बुलिस ट्रेण्ड’ पछ्याउँदा कारोबार रकममा समेत उच्च अङ्कले वृद्धि भएको छ । नेप्सेका अनुसार कुल १७९ कम्पनीको ३८ लाख ३१ हजार ५४ कित्ता शेयर रु एक अर्ब ३३ करोड ५७ लाख ४७ हजार ९६७ मूल्यमा खरिदबिक्री भयो । कारोबार भएका कुल १२ उपसमूहकै शेयरमा भारी वृद्धि देखिएको छ । बैङ्किङ २७.३, व्यापार ११.५९, होटल ७५.८४, विकास बैङ्क ४३.३३, जलविद्युत् ३१.०७, वित्त १३.९२, निर्जीवन बीमा ३८४.२१, उत्पादन ३४.५४, अन्य १७.९२, लघुवित्त १२२.०२, जीवन बीमा ४०९.२७ र सामूहिक लगानी कोष ०.२४ ले वृद्धि भएको छ ।
कारोबारका आधारमा आज नेपाल लाइफ इन्स्योरेन्स कम्पनी शीर्ष स्थानमा देखिएको छ । सो कम्पनीको रु पाँच करोड ८८ लाख १९ हजार बराबरको कारोबार भयो । गरिमा विकास लघुवित्त वित्तीय संस्थाको रु चार करोड ६३ लाख ५६ हजार ५०४, एनआएसी एशियाको रु चार करोड सात लाख ८१ हजार ११०, शिवम् सिमेन्टको रु तीन करोड ९८ लाख २४ हजार १४९, डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको रु तीन करोड ७६ लाख २७ हजार २९१, फस्ट माइक्रोफाइनान्स डेभलपमेन्ट बैंकको रु तीन करोड ७४ लाख पाँच हजार २५७, नेपाल बैंक लिमिटेडको रु तीन करोड तीन लाख ५३ हजार ४८९ र प्रभु बैंकको रु दुई करोड ९१ लाख ३८ हजार १२५ बराबरको कारोबार भई शीर्ष स्थानमा रह्यो ।
नेप्सेका अनुसार प्रिमियर इन्स्योरेन्स कम्पनी, मेरो माइक्रोफाइनान्स वित्तीय संस्था, सिद्धार्थ इन्स्योरेन्स, सूर्या लाइफ इन्स्योरेन्स र नेपाल इन्स्योरेन्स कम्पनीका शेयरधनीले सबैभन्दा बढी १० प्रतिशतले कमाए । स्वाभिमान लघुवित्त वित्तीय संस्था र घोडीघोडा लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ९.९९ प्रतिशतले कमाए । एशियन लाइफ इन्स्योरेन्स र इन्फिनिटी लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ९.७ प्रतिशतले कमाए । यस्तै माउन्टेन हाइड्रो नेपालका शेयरधनीले २.१५, सिनर्जी पावर २.०८, सिटिजन म्युचुअल फण्ड र युनियन हाइड्रोपावर १.७२, सिन्धु विकास बैंक १.६२ तथा प्राइम बैंकका लगानीकर्ताले १.३९ प्रतिशतले कमाए । बैंकिङ तरलता सहज हुँदै गएको, साना तथा ठूला लगानीकर्ता सक्रिय भएको र लगानीकर्तामा बजार बढ्छ भन्ने आत्मविश्वास बढ्दै गएकाले शेयरबजारमा उल्लेख्य सुधार आएको हो ।

#




#
#

#







#




#

#


Share:

Rate:

Previousमाघीको तयारीमा जुटे थारू घरबास गाउँ भादाका बासिन्दा
Nextराष्ट्रिय योग दिवस मनाइँदै

ताजा खबर

  • आँप बिक्रीबाट वार्षिक आठ लाख बचत
  • हैजा रोग नियन्त्रणका लागि काठमाडौँ महानगर क्षेत्रमा जनचेतनामूलक कार्यक्रम
  • अब सरकारी कर्मचारीले पेन्सन वा उपदान नपाउने, योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू हुने
  • भ्रष्टाचार गरेको कसैले तथ्य प्रमाण दिए जस्तोसुकै बलिदान गर्न तयार छु : माधव नेपाल
  • एक हप्तामा ३५ जनामा कोरोना सङ्क्रमण

#
#
#
#
#
#
#
#
#
#
#
#
#

#

#
#
#

#
#

हिमालय पोष्ट

प्रकाशक –

लजिक मिडिया प्रा.लि.

ठेगाना – काठमाण्डौ – ४ , बालुवाटार
फोन नं. – +977-1-5705523
www.himalayapost.com

सूचना विभाग दर्ता प्रमाणपत्र नं. १७२ / ०७३ – ७४

ईमेल –
[email protected], [email protected], [email protected]

लजिक मिडियाद्वारा सञ्चालित हिमालय पोष्ट अनलाईन न्यूज पोर्टलका लागि :

अध्यक्ष / प्रधान सम्पादक – लोमस चापागाई

प्रबन्ध निर्देशक / सम्पादक – मिलन भण्डारी

डेस्क सम्पादक – रामचन्द्र पाण्डे

लेखकहरु –
डा. सुरेन्द्र झा
यादबकुमार भट्टराई
गोबिन्द ज्ञवाली
कुसुम भट्टराई


हाम्रो बारे – सम्पूर्ण टिम

© Logic Media Pvt. Ltd. 2017-2025 | All Rights Reserved