एजेन्सी ।


ADVERTISEMENT


क्रिस्टियानो रोनाल्डोको पेनाल्टी गोलसँगै युभेन्ट्स सिरि ए फुटबलको शीर्ष स्थानमा पुनरागमन गरेको छ ।आइतबार राति भएको खेलमा युभेन्ट्सले रोमालाई २–१ गोल अन्तरले हराएको हो ।


ADVERTISEMENT

# # #


रोमाको घरेलु मैदानमा भएको खेलको तेस्रो मिनेटमै मेरी दिमिरालले गोल गर्दै युभेन्ट्सलाई अघि बढाएका थिए ।त्यसको सात मिनेटपछि क्रिस्टियानो रोनाल्डोले पेनाल्टीमा गोल गर्दै पाहुना टोली युभेन्ट्सको अग्रतालाई दोब्बर बनाएका थिए ।

रोमाका डिएगो पेरोट्टीले ६८ औँ मिनेटमा गोल गर्दै टिमलाई खेलमा फर्काउने प्रयास गरेपनि सफल हुन सकेन ।

रोनाल्डोले सिरि एमा चालू सिजन १४ गोल गरेका छन् ।

जितसँगै युभेन्ट्सले सिरि एमा दुई अंकको अग्रता लिएको छ । शीर्ष स्थानको युभेन्ट्सले १९ खेलबाट ४८ अंक जोडेको छ ।

उसले ईन्टर मिलानसंग स्पष्ट २ अंकको अग्रता लिएको हो । रोमा ३५ अंक सहित तालिकाको पाँचौ स्थानमा छ ।