मकवानपुर – बुद्ध चित्तको माला १ हजार ७ सय ७० थान, सोको दाना करिब २५ किलो र रुद्राक्षको माला १ सय ४४ थानसहित दुई जना पक्राउ परेका छन् ।


ADVERTISEMENT


प्रहरीले मनहरी गाउँपालिका–७ मनहरीबाट भारत बिहार बस्ने ३२ वर्षीय मुन्ना यादब लगायत ३ जनालाई पक्राउ गरेको हो । उनीहरुलाई आइतबार लाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।


ADVERTISEMENT

# # #


काठमाडौंबाट भारततर्फ जाँदै लागेको बीआर०१ पीएच ४९४० नम्बरको जिप जाँच गर्ने क्रममा झोला र प्लास्टिकको बोरामा लुकाई छिपाई राखेको उक्त सामानसहित उनीहरूलाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय मनहरीले जनाएको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।