काठमाडौँ – नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल स्वास्थ्य उपचारका लागि आज भारतको नयाँदिल्ली प्रस्थान गरेका छन् ।


ADVERTISEMENT


रक्तचापको जाँचका क्रममा एकै दिनमा फरकफरक रिपोर्ट देखिएपछि थप उपचारका लागि नयाँ दिल्ली गएको उनका स्वकीय सचिव चिरञ्जीवी अधिकारीले जानकारी दिए।


ADVERTISEMENT

# # #


नयाँदिल्ली बसाईंका क्रममा राजनीतिक भेटघाट पनि हुनसक्ने स्वकीय सचिव अधिकारीले बताए ।

काँग्रेसको १४औँ महाविधेशनका सम्बन्धमा पार्टीको केन्द्रीय कार्यसमितिले बहुमतका आधारमा निर्णय गरेपछि नेतृत्वसँग असन्तुष्ट बनेका नेता पौडेल र सभापति शेरबहादुर देउवाबीच आइतबार मात्रै भेटवार्ता भएको थियो । सो भेटपछि आज नेता पौडेल नयाँदिल्ली गएका हुन् ।