एजेन्सी । नेपाली लेग स्पिनर सन्दीप लामिछाने रहेको मेलबर्न स्टार्सले बिग बास लिग (बीबीएल) क्रिकेटमा आज पर्थ स्कोर्चससँग खेल्दैछ ।


ADVERTISEMENT


लिगको दशौँ खेलमा मेलबर्नले पर्थसँग खेल्न लागेको हो । पर्थमा हुने खेल नेपाली समय अनुसार अपरान्ह साढे ३ बजेपछि मा सुरु हुनेछ ।


ADVERTISEMENT

# # #


पर्थविरुद्धको खेलमा सन्दीप प्लेईङ सेटमा पर्ने सम्भावना बलियो रहेको छ । पर्थसँगको खेलका लागि घोषणा गरेको १३ सदस्सीय टिममा सन्दीप परेका छन् ।

यस सिजन सन्दीपले ८ खेलमा ९ विकेट हात पारिसकेका छन् ।

मेलबर्न ९ खेलमा ८ जितसहित १६ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । पर्थविरुद्ध जित निकाल्दै मेलबर्न उक्त जितको लय यथावत राख्न चाहन्छ ।

पर्थ ९ खेलमा ५ जितसहित १० अंक जोडेर लिगको तेस्रो स्थानमा रहेको छ ।