समाजवादी पार्टीले आजदेखि संगठन विस्तार एवं सुदृढीकरण अभियान सुरु गर्ने भएको छ । सातै प्रदेशमा सुरु हुने अभियानमा अध्यक्ष सहित केन्द्रीय नेताहरु परिचालन हुने कार्यकारी अध्यक्ष उपेन्द्र यादवले जानकारी दिनुभयो । ‘विसु’ नाम दिइएको अभियानमा पार्टी समायोजनका बाँकी काम सम्पन्न गर्ने, सदस्यता नविकरण, सविस्तार, पार्टी प्रवेश लगायतका क्रियाकलाप हुने उहाँको भनाई थियो ।


ADVERTISEMENT


आज सातै प्रदेशमा एकै पटक उद्घाटन हुने अभियानका लागि शीर्ष नेताहरु पुगीसकेका छन् । प्रदेश–१ मा वरिष्ठ नेता अशोककुमार राई, प्रदेश–२ मा कार्यकारी अध्यक्ष उपेन्द्र यादव, बागमती प्रदेशमा सहअध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठ, र गण्डकी प्रदेशमा संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईले कार्यक्रम उद्घाटन गर्नुहुनेछ । त्यस्तै प्रदेश–५ मा उपाध्यक्ष नवराज सुवेदी र सुदूरपश्चिम प्रदेशमा उपाध्यक्ष हेमराज राई यस्तै कर्णाली प्रदेशमा अर्का उपाध्यक्ष युवराज कार्कीले सम्बोधन गर्ने समाजवादीले जनाएको छ ।


ADVERTISEMENT

# # #