धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको रिक्त उपक्लुपति तथा रजिष्ट्रार पदका लागि सत्तारुढ दल नेकपा निकट आकांक्षीहरुले दौडधुप तीब्र पारेका छन् । अघिल्लो शुक्रबार बसेको प्रतिष्ठानको सिनेट बैठकले उपकुपति र रजिष्ट्रार नियुक्तीको बाटो खुलेपछि आकांक्षीहरुको डौघूप बढेको हो ।


ADVERTISEMENT


उपकुलपतिका लागि नेकपा अध्यक्ष पुष्पकमल दाहाल निकट मानिने शिक्षाध्यक्ष प्रा. डा. गुरु खनाल आफै लविङ गरिरहेका छन् । त्यस्तै, विराटनगरको विराट नर्सिङ होमका संचालक डा ज्ञानेन्द्र गिरि पनि शक्तिकेन्द्र धाइरहेको चर्चा छ । उनी स्वास्थ्य मन्त्री भानुभक्त ढकालसंग नजिक मानिन्छन् । नेकपा निकट मानिएका डा अर्जुन कार्की पनि प्रतिष्ठानको उपकुलपति बन्ने दौडमा छन् ।


ADVERTISEMENT

# # #


उनी पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका पुर्व उपकुलपति हुन् । उपकुलपति पदमा नियुक्तीका लागि स्वास्थ्य मन्त्री भानुभक्त ढकाल संयोजक रहेको ३ सदस्यीय सिफारिस समिति गठन भएको छ । समितिको सिफारिसका आधारमा कुलपतिले एक महिनाभित्र उपकुलपति नियुक्ति गर्ने प्रतिष्ठानका सहप्रवक्ता डा. अशोक ऐरले बताउनुभयो ।