काठमाडौँ– कामपा पेप्सीकोलास्थित नागेश्वर मन्दिरमा आज पनि हजारौँ भक्तजनको सहभागिता रहेको छ ।


ADVERTISEMENT


साउने सोमबारका दिन आज भारतीय दूतावासका पदाधिकारी, भारतीय नेता, भारतीय भक्तजनका साथै नेपाली भक्तजन गरी करिब ७५ हजारले पूजाआजा र दर्शन गरे ।


ADVERTISEMENT

# # #


मन्दिरमा यस वर्षका साउन महिनाका पाँचै सोमबार गरी करिब दुई लाखले दर्शन गरेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष प्रकाश रायमाझीले जानकारी दिए।