काठमाडौं – नेकपाका अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली तथा पुष्पकमल दाहाल प्रचण्ड र नेपाली काँग्रेसका नेता शेरबहादुर देउवालगायतका नेताबीच भेट वार्ता भएको छ ।


ADVERTISEMENT


प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बिहान भएको भेटमा भेटमा सत्य निरुपण तथा मेलमिलाप आयोगको गठन लगायतका विषयमा छलफल जारी रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जनाएका छन् । कानुन मन्त्रालयको नेतृत्वमा सातवटै प्रदेशमा द्वन्द्वपीडितसँग परामर्शका लागि बनेको टोलीले तीन जना नेतालाई रिपोर्ट पनि बुझाएको छ ।


ADVERTISEMENT

# # #


कांग्रेस नेताहरुसँगको छलफलपछि प्रधानमन्त्री ओली र नेकपा अध्यक्ष प्रचण्डवीच सभामुख चयनका विषयमा बेग्लै छलफल हुने जनाइएको छ । ओली र प्रचण्डवीच विहीबार पनि बालुवाटारमा करिब दुई घण्टा छलफल भएको थियो । यद्यपी छलफलको निष्कर्ष के थियो भन्ने कुरा बाहिर आइसकेको छैन ।