काठमाडौँ – प्रतिनिधिसभा उपसभामुख शिवमाया तुम्बाहाङफेले पदबाट राजीनामा दिएकी छन् । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेकपाले सभामुखका लागि उम्मेदवार छनोट गरेसँगै उपसभामुख तुम्बाहाङफेले सोमबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै राजीनामा दिएको घोषणा गरेकी हुन् ।


ADVERTISEMENT


संसदलाई सम्बोधन गर्दै तुम्बाहाङफेले भनिन, ‘मैले मार्गप्रशस्त गर्ने निष्कर्षमा पुगेको व्यहोरा सम्मानित सदनसमक्ष निवेदन गर्न चाहन्छु ।’ तुम्बाहाङफेको राजीनामासँगै संसद बैठक अपरान्ह चार बजेसम्मका लागि स्थगित भएको छ ।


ADVERTISEMENT

# # #


चार बजे बस्ने बैठक राजपाका सांसद महन्थ ठाकुरले संसदको जेष्ठ सदस्यको हैसियतले संसद बैठक सञ्चालन गर्नेछन् । सभामुख निर्वाचन कार्यक्रम र मिति घोषण गर्ने कार्यक्रम चार बजेको बैठकमा हुनेछ। त्यसअघि शिवमायाले औपचारिक राजीनामा दिनेछन्।

आईतबार बसेको नेकपा सचिवालय बैठकले अग्नि सापकोटालाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको हो ।

संसद् सचिवालयका एक महिला कर्मचारीमाथि यौन दुव्र्यवहारको आरोप लागेपछि तत्कालीन सभामुख कृष्णबहादुर महराले गत असोज १५ गते पदबाट राजीनामा दिएका थिए । हाल उनी पुर्पक्षका लागि थुनामा रहेका छन् ।