बारा – श्रीमतीको अत्या गरेको आरोपमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको पचरौता नगरपालिका–१ पिपरपाती टोल बस्ने रामयाद महतो रहेका छन् ।


ADVERTISEMENT


महतोले आफ्नी ३२ वर्षीया श्रीमती मालती देवी नुनियाको हत्या गरेको अभियोगमा आइतबार प्रहरीले पक्राउ गरेको हो । महतोले गत शुक्रबार श्रीमतीको हत्या गरी सोही ठाउँस्थित जमुनी नदीको किनारमा लगेर शव जलाउँदै गरेको अवस्थामा प्रहरीले शव फेला पारेको थियो । उक्त घटना पश्चात फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यलाय बाराबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।


ADVERTISEMENT

# # #


महतोलाई ज्यान सम्बन्धी कसूरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यलाय बाराले जनाएको छ ।