काठमाडौँ – ट्रान्सपरेन्सी इन्टरनेसनलले भ्रष्टाचारसम्बन्धी विश्वव्यापी सूचकांक (सीपीआई २०१९) सार्वजनिक गरेको छ । सार्वजनिक तथ्याङ्क अनुसार सबैभन्दा कम भ्रष्टाचार हुने मुलुकमा डेनमार्क रहेको छ । यस्तै सबैभन्दा बढी भ्रष्टाचार हुने देशमा सोमालिया रहेको छ ।


ADVERTISEMENT


डेनमार्कले कूल १०० अङ्कमा ८७ अङ्क प्राप्त गर्दै शीर्ष स्थामा रहेको छ भने सोमालियाले ९ अङ्क प्राप्त गरी कूल १८० देशमध्ये पुछारमा परेको छ । यस्तै न्यूजिल्याण्ड पनि सीपीआई सूचकांकमा पहिलो स्थानमा रहेको छ । न्यूजिल्याण्डले पनि डेनमाकको बराबरी अर्थात कूल १०० अङ्कमा ८७ अङ्क प्राप्त गरेको छ । यस्तै फिनल्याण्ड सीपीआईको तेस्रो स्थानमा रहेको छ । उसले कूल १०० अङ्कमा ८६ अंक पाएको छ भने सिंगापुर चौथो स्थानमा रहेको छ । उसले कूल १०० अङ्कमा ८५ अङ्क पाएको छ । यस्तै स्वीडेन पनि चौथो स्थानमा रहेको छ । स्वीडेनले कूल १०० अङ्कमा समान ८५ अङ्क र्नै हासिल गरेको छ ।


ADVERTISEMENT

# # #


सबैभन्दा बढी भ्रष्टाचार हुने देशमा सोमालिया अघि रहेको छ । सीपीआई सूचकाङ्कमा सोमालिया कूल १८० देशमध्ये पुछारमा रहेको छ । उसले कूल १०० अङ्कमा ९ अङ्क प्राप्त गरेको छ । यस्तै दक्षिण सुडान १७९ स्थानमा रहेको छ । उसले कूल १०० अङ्कमा १२ अङ्क पाएको छ । सबैभन्दा बढी भ्रष्टाचार हुने मुलुकमा सिरिया तेस्रो स्थानमा रहेको छ । सीपीआई सूचकाङ्कमा सिरियाले कूल १०० अङ्कमा १३ अङ्कका साथ १७९ स्थानमा रेहेको छ भने यमन १५ अङ्कका साथ १७७ स्थानमा रहेको छ । भेनेजुयला पनि सबैभन्दा बढी भ्रष्टाचार हुने मुलुकमा परेको छ । भनेजुयलाले कूल १०० अङ्कमा १६ अङ्क पाउँदै १८० देशमध्ये १७३ स्थानमा परेको छ ।

छिमेकी देश बेलायत सीपीआईमा १२ औँ स्थानमा रहेको छ । बेलायतले कूल १०० अङ्कमध्ये ७७ अङ्क प्राप्त गरेको छ । यस्तै अमेरिका सीपीआईको २३ औँ स्थानमा रहेको छ । अमेरिकाले कूल १०० अङ्कमध्ये ६९ अङ्क प्राप्त गरेको छ ।

सीपीआईमा दक्षिण एशिया

सीपीआई २०१९ मा दक्षिण एशियाली राष्ट्रहरूमध्ये भुटान ६८ अङ्क प्राप्त गरी २५ औँ स्थान, भारत ४१ अङ्क प्राप्त गरी ८० औं स्थान, श्रीलङ्का ३८ अङ्क प्राप्त गरी ९३ औँ स्थान, नेपाल ३४ अङ्क प्राप्त गरी ११३ औँ स्थानमा, पाकिस्तान ३२ अङ्क प्राप्त गरी १२० औँ स्थान, मालदिभ्स २९ अङ्क प्राप्त गरी १३० औं स्थान, बङ्गलादेश २६ अङ्क प्राप्त गरी १४६ औँ स्थान र अफगानिस्तान १६ अङ्क प्राप्त गरी १७३ औँ स्थानमा रहेका छन् । छिमेकी मुलुक चीनले ४१ अङ्क प्राप्त गरी ८० औं स्थानमा रहेको छ ।