एजेन्सी ।


ADVERTISEMENT


म्यानचेस्टर यूनाइटेड एफए कप फुटबलको पाँचौ चरणमा प्रवेश गरेको छ ।गएराती खेलमा लिग वान क्लब ट्रान्मेरे रोभर्सलाई ६- ० गोल अन्तरले पराजित गर्दै युनाइटेड पाँचौं चरणमा पुगेको हो ।उसलाई फराकिलो जित दिलाउन हृयारी मागुईर, डीगो डालोट, जेसे लेङगार्ड , फिल जोन्स, एन्थोनी मार्सिएल र सासुन ग्रीनउडले एक–एक गोल गरे ।


ADVERTISEMENT

# # #


रोभर्सविरुद्ध युनाइटेडले पहिलो हाफमै पाँच गोल गरेको थियो । खेलको १० औं मिनेटमा मागुएरले गोल गर्दै युनाइटेडलाई अग्रता दिलाए । १३ औं मिनेटमा डालोटको  गोल मद्दतमा २–०  अग्रत  बनाएको युनाइटेडले  १६ औं मिनेटमा लिंगार्डको गोलबाट पुन: तेब्बर अग्रता हासिल गरेको थियो ।

खेलको ४१ औं मिनेटमा जोन्सले गोल गर्दै युनाइटेडलाई ४–० को अग्रता दिलाए । खेलको ४५ औं मिनेटमा मार्सियलले गोल गरेपछि युनाइटेड पहिलो हाफमा ५–० ले अघि रह्यो ।  खेलको ५६ औं मिनेटमा ग्रीनवुडले पेनाल्टीमा गोल गर्दै युनाइटेडलाई फराकिलो जित दिलाएका हुन्  ।