काठमाडौँ– नेपाली काँग्रेसका नेता एवं पूर्व उपप्रधानमन्त्री विमलेन्द्र निधि अस्पताल भर्ना भएका छन् ।


ADVERTISEMENT


सोमबार राति अचानक पेट दुखेपछि निधिलाई चाबहिलस्थित ओम अस्पताल भर्ना गरिएको हो । नेता निधिलाई ग्यासट्राइटिस शिभियरको समस्या देखिएको उपचारमा संलग्न डाक्टर राहुल पाठकले जानकारी दिए ।


ADVERTISEMENT

# # #


नेता निधिको भोलि (बुधबार) बिहान इन्डोस्कोपी गरिने भएको छ । डाक्टर पाठकका अनुसार नेता निधिले केही दिन आराम गर्नुपर्ने हुन्छ ।