काठमाडौैँ – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले नवनिर्वाचित सभामुख अग्नि सापकोटालाई संसद प्रतिपक्षी दलको हो भन्ने कुरा सम्झिन आग्रह गरेका छन् ।


ADVERTISEMENT


मंगलबार नवनिर्वाचित सभामुख सापकोटालाई बधाई तथा शुभकामना दिँदै सभापति देउवाले सभामुख पद तटस्थ भएकाले कांग्रेसले उम्मेदवारी नदिएको बताए । सभामुख ‘हामीले पहिलेदेखि उठाउँदै आएका थियौँ, सभामुख तटस्थ पद हो । निष्पक्ष पद हो ।’ उनले भने, ‘संसद विपक्षको हो भन्ने मान्यता संसारभरि रहेको छ ।’


ADVERTISEMENT

# # #


सम्बोधनका क्रममा देउवाले २०४८ सालमा तत्कालीन सभामुख दमननाथ ढुंगानाले आफूहरु सत्तापक्ष हुँदा सदन विपक्षकै हो भनेर सम्झाएको स्मरण गरे । उनले सभामुख सापकोटालाई कुनै पार्टीको नभई सझा र तटस्थ रहन आग्रह गरे । प्रतिपक्षीलाई विश्वासमा लिनसके सभामुखको सफलतामात्र नभई संसदलाई प्रभावकारी बनाउन सकिने उनले बताए ।

पछिल्लो समय नेपालमा पनि संक्रमण देखिएको कोरोना भाइरसको जोखिम न्यूनीकरणका लागि २४ घण्टे हेल्पडेस्क  हेल्प  राख्न समेत आग्रह गरे । खासगरी पहिलो पटक संक्रमण देखिएको चीनसँग नेपालको सिधा उडान रहेको र त्यहाँ धेरै नेपाली रहेकाले त्यसतर्फ सोच्न पनि उनले सरकालाई आग्रह गरे ।

यस्तै उनले सरकारले सूचना प्रविधि लगायतका केही प्रतिकूल विधेयक ल्याउन लागेकाले तिनलाई संसदबाट पास हुन नदिने चेतावनी दिए । ‘बिना प्रेस स्वतन्त्रता मानव अधिकार, लोकतन्त्र, प्रजातन्त्र सफल हुँदैन । जहाँ प्रेसमाथि नियन्त्रण हुन्छ । त्यहाँ लोकतन्त्र चल्न सक्दैन ।’ देउवाले भने, ‘मानव अधिकार, नागरिक अधिकारको रक्षा लगायतका कुराहरुमा प्रतिबन्ध लाग्ने गरी विधेयक आउन लागेका छन् । यिनलाई पास हुन दिईंदैन भनेर मैँले तपाईंहरुलाई सम्झाएको हुँ ।’

यस्तै विवादमा रहेको किलेनियम कर्पोरेट च्यालेन्ज (एमसीसी) संसदबाट पारित गर्न कांग्रेसले सहयोग गर्ने सभापति देउवाले बताए । केहीले मिलिटरी अलाइन्स भएकाले एमसीसी रोक्नुपर्ने तर्क गरेकोमा असन्तुष्टि व्यक्त गर्दै देउवाले भने, ‘अमेरिकाको यति ठूलो सहयोग नेपालमा कहिल्यै आएको छैन । हामी मिलिटरी अलाइन्स मान्दैनौँ भने भइहाल्यो नि । अमेरिकाले नै त्यो होइन भनिसक्यो ।’