काठमाडौं – अफगानिस्तानका विस्फोटक ब्याट्सम्यान मोहम्मल साहजादले एभरेष्ट प्रिमियर लिग (ईपीएल) खेल्ने भएका छन् । उनलाई चितवन टाइगर्सले अनुबन्ध गरेको हो ।


ADVERTISEMENT


३३ वर्षीय साजादको आगमनसँगै टिम सन्तुलित हुने चितवन टाइगर्सका निर्देशक बिनिता चौधरी भट्टराईले बताएकी छन्। ‘हाम्रो लामो समयको प्रयास र साहजाद आफै आएर खेल्न इच्छुक भएपछि हामी सहमतिमा पुगेका हौँ ।’ उनले भनिन्, ‘साहजादको आगमनले टिमको ब्याटिङमा नयाँ आयाम दिनुका साथै टिमका अन्य खेलाडीलाई पनि अनुभव दिने विश्वास लिएका छौँ ।’


ADVERTISEMENT

# # #


विकेटकिपरसमेत रहेका साहजादले अफगानिस्तानका लागि २ टेस्टमा ६९ रन बनाएका छन् । यस्तै ८४ एकदिवसीय खेल खेलका उनले ६ शतक र १४ अर्धशतकसहित २ हजार ७२७ रन बनाएका छन् ।  उनले ६५ टी–२० अन्तर्राष्ट्रियमा १ शतक र १२ अर्धशतकसहित १ हजार ९३६ रन बनाएका छन् ।  साहजादसँग टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा एकै दिन दुई अर्धशतक प्रहार गरेको विश्व कीर्तिमान रहेको छ ।

अघिल्लो संस्करणमा पनि सहभागी भएका आयरल्याण्डका खेलाडी पउल स्टर्लिङले पनि चितवनबाट नै खेल्ने सम्भावना रहेको छ ।  चितवनका मार्की खेलाडी सोमपाल कामी रहेका छन् । चितवनले केही पहिलेमात्रै आफ्ना तत्कालीन मार्की खेलाडी दीपेन्द्र सिंह ऐरीसँग ट्रेड गरेर काठमाडौँ किंग्स ११ का मार्की खेलाडी सोमपाललाई चितवनमा भित्र्याएको थियो ।

चौथो संस्करणको ईपीएल चैत १ देखि १५ गतेसम्म काठमाडौँमा हुँदैछ ।