काठमाडौँ – हास्य कलाकार एवम् समाजिक अभियन्ताद्वय सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’को फिल्म ‘सेन्टी भाइरस’को ट्रेलर सार्वजनिक भएको छ । बुधबार काठमाडौँमा एक कार्यक्रमको आयोजना गरी ट्रेलर सार्वजनिक गरिएको हो ।


ADVERTISEMENT


सार्वजनिक ट्रेलरमा धुर्मुस नेता बनेको देख्न सकिन्छ । ट्रेलरमा पारिवारिक कलहका कारण पछि सुन्तलीले पनि धुर्मुस विरुद्ध पार्टी खडा गरेर मैदानमा उत्रिएको देखाइएको छ । फिल्मका मुख्य कलाकारहरु सिताराम कट्टेल, कुञ्जना घिमिरे, दयाहाङ राई, विल्सन विक्रम राई, वुद्दि तामाङ, राजाराम पौडेल, सन्दीप क्षेत्री लगायत देखिन्छन् ।


ADVERTISEMENT

# # #


डिन्डु लामा निर्माता रहेको ‘सेन्टी भाइरस’मा फुर्पा होल्मो सह–निर्माता रहेका छन् । कुमार कट्टेल र दीपक आचार्यको कथा रहेको फिल्मलाई शैलेन्द्र डी कार्कीको छायांकन गरेका हुन् भने निमेष श्रेष्ठको समपादन गरेका छन् ।

यस्तै फिल्ममा संगीत राजनराज सिवाकोटी, शंकर थापा, सुशान्त गौतम र कालिप्रसाद बाँस्कोटाको रहेको छ । ‘सेन्टी भाइरस’ फागुनको ९ गतेबाट देशभर रिलिज हुँदैछ ।

यो चलचित्रबाट आएको नाफाको ५० प्रतिशत चितवनमा निर्माण भैरहेको ‘अन्तरराष्ट्रिय क्रिकेट रंगशाला’ निर्माणमा खर्च गरिने बताइएको छ ।

ट्रेलर हेर्नुहोस् :