कञ्चनपुर– कञ्चनपुरको बेदकोट नगरपालिका–६ मुसपानीमा लोपोन्मुख अजिङ्गर फेला परेको छ ।


ADVERTISEMENT


स्थानीय लप्टन चौधरीको खेतमा मंगलबार आठ किलो ५०० ग्राम तौल भएको र १० फिट लामो लोपोन्मुख प्रजातिको अजिङ्गर फेला परेको हो । स्थानीय बासिन्दाले अजिङ्गर देखेपछि जिल्ला वन कार्यालयलाई खबर गरेका थिए ।


ADVERTISEMENT

# # #


अजिङ्गरको सकुशल उद्धार गरी शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बुझाइएको वन कार्यालय कञ्चनपुरका प्रमुख शिव शर्माले बताए । अजिङ्गर निकुञ्ज क्षेत्रबाट आएको हुनसक्ने बताइएको छ ।

सर्पदंश लागेका महिलाको उपचारका क्रममा मृत्यु

सर्पदंश लागेका कञ्चनपुरको भीमदत्तनगरपालिका–६ का ५५ वर्षीय सकुन्तला टमाटाको मंगलबार साँँझ उपचारका क्रममा मृत्यु भएको छ ।

सोमबार सर्पदंश लागेका टमाटालाई उपचारका लागि महाकाली अञ्चल अस्पतालमा भर्ना गरिए पनि उपचार हुन नसकेपछि थप उपचारका लागि धनगढीको सेती अञ्चल अस्पतालमा उपचार गर्ने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक भीमबहादुर दाहालले बताए ।