काठमाडौँ – प्रभु बैंक लिमिटेडले रसुवाको गोसाइकुण्ड गाउँपालिका वडा नं. ०४ स्थित लाङटाङ–केन्जिङ्गमा आफ्नो शाखा विस्तार गरेको छ ।


ADVERTISEMENT


बैँकले बिहीबारदेखि २०६ औं शाखाका रुपमा लाङटाङ–केन्जिङ्ग सेवा सञ्चालन गरेको हो । बैंकको लाङटाङ शाखा कार्यालयको उद्घाटन गोसाइकुण्ड गाउँपालिकास्थित प्रशिद्ध केन्जिङ्ग गुम्बाका प्रमुख लामा साङगे लामा गरे । उद्घाटनपछि बोल्दै प्रमुख लामाले प्रभु बैंकले बैंकिङ्ग पहुँच नपुगेको ठाउँहरुमा आफ्नो शाखा कार्यालय सञ्चालनमा ल्याएर सर्वसाधारणलाई सेवा प्रदान गरेकोमा प्रशंसा गरे ।


ADVERTISEMENT

# # #


बैंकको लाङटाङ शाखा कार्यालयबाट प्रभु बैंकको गुणस्तरीय एवं अत्याधुनिक प्रविधियुक्त बैंकिङ्ग सेवा प्रवाह हुनेभएकोले यहाँका ग्राहकलाई गुणस्तरीय बैकिङ्ग सेवा प्राप्त हुने बैँकले विश्वास व्यक्त गरेको छ ।