काठमाडौँ – कथा, कविता, गीत, हाइकु, उपन्यासलगायत साहित्यका विविध विधामा कलम चलाउँदै आएका सुरेन्द्र महर्जन ‘अमर’को चौथो उपन्यास ‘स्माइल ड्रिम’ सार्वजनिक भएको छ ।


ADVERTISEMENT


तीन दशकभन्दा बढी समयदेखि साहित्य क्षेत्रमा समर्पित रहेका ‘अमर’को उपन्यास ‘स्माइल ड्रिम’लाई विहिबार राजधानीमा एक कार्यक्रमको आयोजना गरी लोकार्पण गरिएको हो । वरिष्ठ सहित्यकार भुपाल राईको प्रमुख आतिथ्यतामा सञ्चारकर्मी तुलसी गिरी ‘भावुक’, चलचित्र पत्रकार सङ्घ उपाध्यक्ष गीता अधिकारी, सर्जक सुरेन्द्र महर्जन ‘अमर’ लगायतको उपस्थितिमा उपन्यास सार्वजनिक गरिएको छ ।


ADVERTISEMENT

# # #


ओएस नेपालको आयोजनामा भएको लोकार्पण कार्यक्रममा अतिथिहरुले सरल भाषामा लेखिएको उपन्यास पठनिय रहेको भन्दै सर्जक सुरेन्द्र महर्जन ‘अमर’लाई नयाँ कृतिका लागि बधाई तथा शुभकामना दिए । समालोचक डा. धनप्रसाद सुवेदीले उपन्यासको समालोचना गरेका थिए ।

‘अमर’का यसअघि अनुष्का, मिस्ड कल, अदभूत जस्ता उपन्यास पाठकमाझ आइसकेका छन् । त्यस्तै उनका चित्रकारिता, कविता सङ्ग्रह, गीत सङ्ग्रह, नेवारी गीत सङ्ग्रह, हाइकु सङ्ग्रह, गीति एल्बम जस्ता २३ वटा कृति सार्वजनिक भइसकेका छन् ।