एजेन्सी–


ADVERTISEMENT


इटालियन सिरी ए फुटबलमा इन्टर मिलानले जित निकालेको छ । आइतबार राति भएको खेलमा इन्टरले उडिनेसलाई २-० गोल अन्तरले पराजित गरेको हो ।


ADVERTISEMENT

# # #


इन्टरको जितमा रोमेलु लुकाकु को योगदान रह्यो । पहिलो हाफ गोलरहित बराबरी खेलेको इन्टरका लागि दुवै गोल लुकाकुले गरे । खेलको ६४ औं मिनेटमा लुकाकुले गोल गर्दै इन्टरलाई अग्रता दिलाए । त्यसपछि ७१ औं मिनेटमा लुकाकुले पेनाल्टी गोल गर्दै इन्टरलाई २-० को जित दिलाए ।

जितसँगै इन्टरले २२ खेलबाट ५१ अंक जोडेको छ । र, शीर्ष स्थानको युभेन्ट्ससँग अंक दुरी ३ मा झारेको छ । सिरी ए अन्तर्गत नै एसी मिलान भने भेरोनासँग १-१ गोलको बराबरीमा रोकिएको छ ।