ज्ञानेन्द्र न्यौपाने, रसुवा – राजधानीको नजिक रहेता पनि भौगोलिकरुपमा विकट मानिएको रसुवाका गाउँगाउँमा पछिल्लो समय धमाधम मोटर बाटो निर्माण हुन थालेपछि यहाँका बासिन्दाले खुशी व्यक्त गरेका छन् ।


ADVERTISEMENT


पर्यटकीय क्षेत्र मानिएको लाङटाङ बाहेक रसुवामा कायम भएका स्थानीय तहका २७ मध्ये २६ वडाको गाउँगाउँमा सडक सञ्जाल जोडिएकाले स्थानीयवासीमा उमङ्ग छाएको जिल्ला समन्वय समितिका प्रमुख कुलप्रसाद भट्टले बताए । गाउँका दूरदराजसम्म यातायातको पहुँच पु¥याई सबै प्रकारका सेवा स्थानीय तहमै दिने सरकारको नीतिअनुरुप स्थानीय तहले गरेका विकास निर्माणको काम द्रुतरुपमा अगाडि बढिरहेको र संविधान कार्यान्वयनअन्तर्गत सिंहदरवारको अधिकार स्थानीय तहमै आएको आभास गाउँवासीले महसुस गर्न थालिसकेको जिल्ला समन्वय प्रमुख भट्टले जानकारी दिए ।


ADVERTISEMENT

# # #


गाउँवासीलाई हरेक कुराको सुविधा पु¥याउन यसअघि सरकारले आफ्नो गाँउ आफैँ बनाऔँ भन्ने अभियान चलाएको थियो । रसुवामा समग्र विकास क्रमिक रुपले अगाडि बढिरहेको जानकारी दिँदै प्रमुख भट्टले विकास निमार्ण द्रुतरुपमा अगाडि बढाउन आफूले समन्वयकारी भूमिका निर्वाह गरिरहेको बताए ।

स्थानीय तहअन्तर्गत नौकुण्ड गाउँपालिकामार्फत यार्सा तथा सरमथलीका क्षेत्रहरुमा ६४ किलो मिटर गाउँले सडक निमार्ण भई मोटर गुड्न थालेपछि यस क्षेत्रका बासिन्दा खुशी भएका उक्त गाउँपालिका अध्यक्ष नुर्पुसाङ्खबो घलेले बताए । जिल्लाकै इतिहासमा यार्सा क्षेत्र दूरदराजमा रहेकोमा स्थानीय सरकार गठन भएपछि दु्रतरुपमा निर्माण भएको गाउँका सडकले उकालीओराली असहज गोरेटो बाटो हिड्न र डोकोनाम्लो बोक्ने अवस्थाको अन्त्य गरिदिएकाले गाउँले बासिन्दामाझ उमङ्ग छाएको लाङ्बु गाउँका समाजसेवी छेसाङदावा तामाङले जानकारी दिए ।

गाउँमा सडक निर्माण भएपछि सवारीसाधनबाट खाद्य सामग्री बोक्न थालिएको छ । गाउँका मानिस बिरामी पर्दा एम्बुलेन्स बोलाई अस्पताल पठाउने परिपाटीको विकास भइसकेको यार्सागाउँका बासिन्दाले बताएका छन् ।

यार्सा क्षेत्र धेरै विकट भएकाले जनताको माग र चाहनाअनुरुप स्थानीय सरकार गठन भए लगतै सडक निर्माण कार्यलाई पहिलो प्राथमिकता दिई गाउँगाउँमा सडक सञ्जाल जोडिसकेको र दोस्रो चरणअन्तर्गत ठाडो खोलाहरुमा पक्की पुल निर्माणको प्रक्रिया अगाडि बढाइ सकिएको नौकुण्ड गापा अध्यक्ष घलेले बताए।

यसैगरी सदरमुकाम धुञ्चेको नजिक रहे पनि विकासमा पछाडि परेको हाकु क्षेत्रमा पहिलो पटक सडक निर्माण भएको छ । पहिलो चरणमा करिब ७०० घर परिवारलाई यातायातको सुविधा प्रदान गर्ने उद्देश्यले हाकुबेँसीदेखि ठुलोहाकुसम्म निर्माण भएको सडकअन्तर्गत हाकुबेँसीको त्रिशूली नदीमा पक्कीपुल निर्माण गर्ने प्रक्रिया अगाडि बढिरहेको आमाछोदिङ्मो गाउँपालिका अध्यक्ष बुचुङ तामाङले जानकारी दिए ।

विसं २०४२ सालमा नुवाकोटको त्रिशूलीदेखि बेत्रावती, कालिकास्थान, राम्चे, धुुञ्चे, भार्खु, स्याफ्रुबेँसी, गोल्जुङ, गतलाङ हुँदै सोम्दाङसम्म नेपाली सेनाबाट १०५ किलोमिटर सडक निर्माण भए पनि गाउँमा शाखा विस्तार हुन नसकेको ले स्थानीय तह गठनपश्चात गरिएका सडक निमार्णले गाउँको मुहार फेरिँदै गएको स्थानीय बासिन्दा बताउँछन् ।

उत्तरगया गाउँपालिकाअन्तर्गत डाँडागाउँ तथा ठूलोगाउँ, कालिका गाउँपालिकाको राम्चे पलेप, मनिगाउँ, ढुङ्गे तथा गोसाइँकुण्ड गाउँपालिकाको लाङटाङ बाहेक अन्य क्षेत्रका वडाका बस्तीमा सडक सञ्जाल जोडिसकेको गाउँपालिकाहरुले जनाएका छन् । लाङटाङतर्फ भने नेपालको दोस्रो पर्यटकीय पदमार्ग भएका कारण थाङसापसम्म मात्र मोटर बाटो निर्माण गर्ने योजना बनेको बताइएको छ ।

भाबी सन्ततीलाई गाउँगाउँमा गुणस्तरीय शिक्षा र छिटोछरितो स्वास्थ्योचार प्रदान गर्न स्थानीय तहको मातहतमा यी निकाय आएपश्चात शिक्षा एवं स्वास्थ्य क्षेत्रमा सुधार आएको र गाउँपालिकाको तर्फबाट आफ्ना छवटै वडामा स्वास्थ्य गाउँघर ल्किनिकसञ्चालन भइरहेको नौकुण्ड गापा अध्यक्ष नुर्पु साङ्मो घलेले बताए। रासस