काठमाडौँ – अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)को टी–२० विश्व वरियतामा नेपाल यथावत् स्थानमा रहेको छ ।


ADVERTISEMENT


आइसिसीले आज सार्वजनिक गरेको नयाँ वरियताअनुसार नेपाल टी–ट्वान्टीतर्फ १२औँ स्थानमा रहेको छ । यसअघि पनि नेपाल १२औँ स्थानमा थियो ।


ADVERTISEMENT

# # #


टी–ट्वान्टीको विश्व बरियतामा पाकिस्तान शीर्ष स्थानमा, अष्ट्रेलिया दोस्रो, बेलायत तेस्रो, भारत चौथो र दक्षिण अफ्रिका पाँचौँ स्थानमा छन् । टी–ट्वान्टीको खेलाडी वरियताअन्तर्गत ब्याटिङतर्फ नेपालका पारस खड्का ६२ औँ स्थानमा छन्। यसअघि उनी ६०औं स्थानमा थिए ।

यसैगरी बलिङतर्फ नेपालका सन्दीप लामिछाने ८५औँ स्थानमा छन् । यसअघि उनी ८३औँ स्थानमा रहेका थिए । अलराउण्डरतर्फ पारस २७ औँ स्थानमा तथा सोमपाल कामी ६५औँ स्थान तथा करण केसी ७५ औँ स्थानमा रहेका छन् ।