काठमाडौ — चीनबाट ल्याइने १ सय ८० नेपाली विद्यार्थीलाई १४ दिन क्वारेन्टाइनमा राखिने भएको छ । प्रक्रिया पूरा गरेर यसै साता ल्याइने उनीहरूलाई राख्ने स्थान निर्धारण आज बेलुकासम्म हुने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।


ADVERTISEMENT


विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले निमोनिया गराउने नोवल कोरोना भाइरसको संक्रमणलाई अन्तर्रा्ष्ट्रिय महामारी घोषणा गरिसकेको छ । उक्त घोषणापछि सबभन्दा जोखिम रहेको चीनको वुहानलगायत क्षेत्रबाट आफ्ना नागरिकलाई फिर्ता ल्याउन नेपाललाई दबाब बढेको छ ।


ADVERTISEMENT

# # #


मन्त्रालयका अनुसार वुहानबाट ६२ सहित हुवेई प्रान्तका अन्य मुख्य सहरबाट समेत गरी १ सय ८० विद्यार्थीलाई ल्याउन लागिएको हो। मंगलबार बेलुकासम्म क्वारेन्टाइन स्थल निर्धारण गरिसक्ने स्वास्थ्य मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले बताए।

मन्त्रालयका पाँच टोली सोमबार पनि सम्भावित स्थल खोजी गर्न परिचालित थिए । क्‍वारेन्टाइनमा राखिनेहरूका लागि ओढ्ने–ओछ्याउने र खेल्ने लगायत आवश्यक ३६ थरीका सामग्री खरिद गर्ने तयारी भएको प्रवक्ता श्रेष्ठले बताए। उनले भने, ‘सबै युवा छन् । उनीहरूलाई उचित खानपान र मनोरञ्जनको व्यवस्था हुनुपर्छ । खेलकुद र इन्टरनेटलगायत सुविधा पनि दिइनेछ ।’