काठमाडौं । नेपाली कांग्रेसकी नेतृ तथा प्रतिनिधिसभाकी प्रमुख सचेतक बासना थापाले पार्टीको केन्द्रीय सदस्य (महिला खुला) पदमा उम्मेदवारी दर्ता गराएकी छन्। पार्टीको बृहत्तर हित, संगठनको एकता र शुद्धीकरणलाई प्राथमिकतामा राख्दै थापाले आफ्नो उम्मेदवारी प्रस्तुत गरेकी हुन्।

अग्रजहरूको योगदान र अनुभवलाई सम्मान गर्दै युवा पुस्तालाई पार्टीको नेतृत्वमा थप अवसर प्रदान गर्ने उद्देश्य रहेको उनले बताएकी छन्। थापाले नेपाली कांग्रेसलाई अझ सुदृढ, एकताबद्ध तथा युवा र महिलामैत्री पार्टीका रूपमा अघि बढाउने आफ्नो प्रतिबद्धता व्यक्त गरेकी छन्। उम्मेदवारी दर्तापछि उनले आफ्नो अभियानमा पार्टीका नेता, कार्यकर्ता तथा महाधिवेशन प्रतिनिधिहरूको साथ, सहयोग, माया, विश्वास र अमूल्य मतको अपेक्षा गरेकी छन् ।

“अग्रजहरूको सम्मान गर्दै, युवा पुस्तालाई अवसर प्रदान गर्ने उद्देश्यका साथ पार्टीको बृहत्तर हित, एकता र शुद्धीकरणका लागि मैले केन्द्रीय सदस्य (महिला खुला) पदमा आफ्नो उम्मेदवारी दिएको छु ।