हङकङमा कोरोना भाइरसका संक्रमणका कारण एक जनाको मृत्यु भएको छ । कोरोना भाइरसका कारण चीनबाहिर मृत्यु भएको यो दोस्रो घटना हो । यसअघि आइतबार फिलिपिन्समा पनि कोरोना भाइरसका कारण एक जनाको मृत्यु भएको थियो ।


ADVERTISEMENT


आज बिहानसम्म कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ४ सय २७ पुगेको छ। जसमध्ये ४ सय २५ को मृत्यु चीनमै भएको छ । सोमबार मात्रै चीनमा थप ३ हजार २ सय ३५ मा कोरोना भाइरसको संक्रमण देखिएको थियो ।


ADVERTISEMENT

# # #


विश्वका विभिन्न मुलुकमा कम्तीमा १ सय ८० जनामा कोरोना भाइरसको संक्रमण देखिएको पुष्टि भइसकेको छ ।