काठमाडौंको कलंकी अण्डरपासमा गएराती टिपरको ठक्करबाट मोटरसाइकलमा सवार २ जनाको मृत्यु भएको छ ।बल्खुबाट कलंकीतर्फ आउदै गरेको प्रदेश २, ०३–००४ प ५५० नम्बरको मोटरसाइकललाई सोही दिशाबाट आएको नम्बर खुल्न नसकेको टिपरले गएराती पौने १ बजे ठक्कर दिएको थियो ।


ADVERTISEMENT


टिपरको ठक्करबाट गम्भीर घाइते भएका मोटरसाइकल चालक रौतहटको कटहरिया गाँउपालिका ४ का १९ बर्षीय राकेश कुमार चौधरी र पछाडी सवार कटहरिया ७ का २४ बर्षीय मुन्ना चौधरीको उपचारको क्रममा त्रि।वि शिक्षण अस्पताल महाराजगंजमा राती २ बजे मृत्यु भएको हो । दुर्घटना लगतै टिपर सहित फरार भएका चालकको खोजी भईरहेको छ ।


ADVERTISEMENT

# # #