बुटवल-  बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालका व्यावसायिक सटरमा डोजर चलेको छ। अस्पताल प्रशासनले पटक–पटक सूचना प्रकाशित गरेर सटर खाली गर्न व्यवसायीलाई आग्रह गरे पनि अटेर गरेपछि सटर भत्काउन बिहानैदेखि डोजर चलाइएको हो। अस्पतालका सटरमा बिहीबार बिहान डोजर चलाइएको हो।

अस्पताल आसपास ७३ वटा सटर छन्। जिल्ला अदालत रुपन्देहीमा मुद्दा परेकामा अदालतले सटर भत्काउन बाटो खुलाएसँगै अस्पताल विकास समितिले बुधवार राति १२ बजेसम्म ४८ घण्टे अल्टिमेटम दिएको थियो।


ADVERTISEMENT

# # #


लुम्बिनी प्रादेशिक अस्पतालको स्तारोन्नतिकका लागि अस्पतालको बाहिरी क्षेत्रमा रहेका व्यवसायिक सटर डोजर लगाएर भत्काउँदै । तस्वीरः रासस

अल्टिमेटम दिँइदा पनि व्यवसायीले सटर खाली गर्न आनाकानी गरेपछि डोजर चलाइएको ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले जानकारी दिए।

अस्पतालको चरणबद्ध विकासका लागि अस्पतालका सटर खाली गर्ने योजनाअनुसार सटर भत्काईएको अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट राजेन्द्र खनालले जानकारी दिए।

प्रतिकृया

प्रतिकृया