काठमाडौं– नेपाली कांग्रेसले  विजय गच्छदारविरुद्ध अख्तियारले विशेष अदालतमा दायर गरेको मुद्दाविरुद्ध आफ्ना भातृ संस्थालाई आजदेखि सडकमा उतार्ने भएको छ।


ADVERTISEMENT


पार्टी पदाधिकारीले केन्द्रीय कार्यालय सानेपामा भ्रातृ संस्थालाई अख्तियारको कदमविरुद्ध सडकमा उत्रन निर्देशन दिएका हुन्। पार्टीको निर्णयअनुसार प्रमुख दुई भ्रातृ संस्थाले विरोधको कार्यक्रम सार्वजनिक गरेका छन्।


ADVERTISEMENT

# # #


घोषित विरोधको कार्यक्रमअनुसार नेपाल विद्यार्थी संघले दिउँसो एक बजे माइतीघरमा विरोध प्रर्दशन गर्ने भएको छ। तरुण दलले आइतबार सोहि स्थानमा विरोध प्रर्दशन गर्ने भएको छ।