काठमाडौँ – आइसीसी विश्व क्रिकेट लिग २ अन्तर्गत नेपाल, ओमान र अमेरिका सम्मिलित त्रिकोणात्मक सिरिजमा नेपालले पहिलो जित हात पारेको छ। पहिलो खेलमा ओमानसँग १८ रनले हार व्यहोरेको नेपालले शनिबार अमेरिकालाई ३५ रनले हराएको हो ।


ADVERTISEMENT


कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको नेपालले ४९.२ ओभरमा सबै विकेट गुमाउँदै १९० रन बनायो । जवाफी ब्याटिङमा उत्रिएको अमेरिकाले ४४. १ ओभरमा सबै विकेट गमाउँदै १५५ रनमै समेटियो । अमेरिकाका लागि इयान होल्याण्डले अर्धशतक प्रहार गरेपनि प्रयाप्त हुन सकेन ।


ADVERTISEMENT

# # #


१११ बलमा उनले ७ चौकाको मदतमा ७५ रन बनाएर आउट भए । यस्तै क्यामरुन स्टिभिन्सनले १९ र करिमा गारेले १० रन जोडे । यस्तै अमेरिकाका रस्टिन थेरीले रन ११ हान्दा कप्तान सौरभ नेत्रभाल्करले ५ रन बनाए ।

नेपालका लागि नेपालका लागि करण केसीले चार विकेट लिए । ७.१ ओभर बलिङ गरेका करणले एक मेडेन फाल्दै १५ रन खर्चिए । यस्तै सुसन भारीले ३ विकेट लिए । सुसनले १० ओभरमा एक मेडेन ओभर फाल्दै ४३ रन खर्चिए ।

यस्तै सन्दीप लामिछानेले दुई विकेट हात पारे । १० ओभरमा २ मेडेन फाल्दै २७ रन खर्चिएका सन्दीपले पहिलो विकेटका रुपमा खेलको दोस्रो ओभरमा नै आरोन जोन्सलाई ५ रनमा आउट पारे । त्यसपछि मोनाक पटेललाई ४ रनमा एलबीडब्यू धरापमा पारे

स्टिभिन टेलरलाई शून्य रनमा दीपेन्द्र सिंह ऐरीको हातबाट क्याच आउट गराए । यस्तै जेभियर मार्सललाई २ रनमा आउट पारे भने इयान होल्याण्डलार्य ७१ रनमा पेवेलियनको बाटो देखाए ।  यस्तै कुशल मल्लका नाममा एक विकेट रह्यो ।

त्यसअघि नेपालका लागि आजै डेब्यू गरेका १५ वर्षीय युवा अलराउन्डर कुशल मल्ल र विनोद भण्डारीले अर्धशतक प्रहार गरे । एकदिवसीय क्रिकेटमा अर्धशतक प्रहार गर्ने सबभन्दा कान्छा खेलाडीको कीर्तिमान बनाएका कुशलले ५१ बलमा ५० रनको योगदान दिए । त्यसक्रममा उनले ४ चौका र ३ छक्का प्रहार गरे ।

यस्तै विनोद भण्डारीले ७९ बलमा ६ चौका र एक छक्काको मदतमा ५९ रन रन बनाए । २०।५ ओभरमा ४९ रन बनाउँदा ५ विकेट गुमाएर दबाबमा आएको नेपालका लागि यी दुई जनाले इनिङ उकासेका थिए । त्यसक्रममा विनोद र कुशलले छैटौँ विकेटका लागि ८४ रनको शानदार साझेदारी गरे ।

त्यसअघि नेपालले ६ रन बनाउँदा पहिलो विकेट रुपमा सुवास खकुरेललाई गुमायो । अनुभवी ब्याट्म्यान शरद भेषावकर चोटका कारण सिरिजबाट बाहिरिएपछि उनको स्थानमा आएका खकुरेलले व्यक्तिगत ३ रन बनाए ।

यस्तै कप्तान ज्ञानेन्द्र मल्ले व्यक्तिगत २१ रनको योगदान दिए । त्यसक्रममा उनले ३९ बलमा चार चौका प्रहार गरे । यस्तै पारस खड्को ५२ बलमा २ चौकाको मदतमा १९ रन बनाउँदा दीपेन्द्र सिंह ऐरी शून्य र आरिफ शेख २ रनमा आउट भए । यस्तै करण केसी १२ तथा सन्दीप लामिछाने शून्य रनमा आउट हुँदा सुसन भारीले ११ तथा अभिनास बोहराले ५ रन प्रहार गरे ।

अमेरिकाका लागि क्यामरुन स्टिभेन्सनले ३ तथा रस्टी थेरोन र सौरभ नेत्रभाल्करले समान २–२ विकेट लिए । यस्तै करिमा गोरका नाममा १ विकेट रह्यो । नेपालले भोलि ओमानविरुद्ध खेल्दैछ ।