काठमाडौँ – आइसीसी विश्व क्रिकेट लिग २ अन्तर्गत आमानविरुद्धको खेलमा नेपालले टस हारेर ब्याटिङ गरिरहेको छ ।


ADVERTISEMENT


कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी नेपाल अमेरिका र ओमानसम्मिलित त्रिकोणात्मक एकदिवसीय सिरिजमाको पहिलो खेलमा ओमानसँग हार ब्यहोरेको नेपाललाई आज बदला लिने मौका रहेको छ भने यसअघिका दुबै खेलमा जित हात पारेको ओमान तेस्रो जितको खोजीमा रहको छ ।


ADVERTISEMENT

# # #


नेपाली टिममा आज एउटा परिवर्तन भएको छ । युवा खेलाडी कमलसिंह ऐरीले डेब्यू गरेका छन् । अभिनास बोहरालाई स्थानात्तरण गर्दै उनले पहिलो पटक टिममा स्थान बनाएका हुन् ।  शनिबार भएको दोस्रो खेलमा नेपालले अमेरिकालाई ३५ रनले हराएको थियो ।

ताजा अवस्थामा नेपालले ३२ ओभरको समाप्तीमा चार विकेटको क्षतीमा १५९ रन बनाएको छ । नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लले अर्धशतक प्रहार गरेर आउट भए । उनले ७७ बलमा ६ चौका र एक छक्काको मदतमा ५६ रन बनाए । यस्तै पारस खड्काले ३८ रन बनाए भने सुवास खकुरेलले २२ रनको यागदान दिए । दीपेन्द्र सिंह ऐरी शून्य रनमा आउट भए ।

आरिफ शेख र कुशल मल्लले इनिङ सम्हालिरहेका छन् । त्यसअघि नेपालका लागि पारस खड्काले ३८ रन बनाए भने सुवास खकुरेलले २२ रनको यागदान दिए । दीपेन्द्र सिंह ऐरी शून्य रनमा आउट भए ।

ओमानका लागिओमानका लागि मोहम्मद नाभिदले तीन तथा अकिब इल्याजले एक विकेट हात पारेका छन् ।