काठमडौँ –  डिशहोमले ग्राहकहरुलाई अझै बढि सेवा र सुविधा प्रदान गर्ने उद्देश्यले “डिलर दाइको डिस्काउन्ट” नामक अफर ल्याएको छ ।


ADVERTISEMENT


जस अनुसार डिशहोमका डिलरहरु मार्फत ‘फन्ड ट्रान्सफर’ वार्षिक रिचार्ज गरे बापत ‘एड-अन’ प्याकेज सहित साप्ताहिक ‘लक्की ड्र’मा भाग लिन पाइने कम्पनीले जनाएको छ ।  जसमध्ये हप्तामा २ जना भाग्यशाली ग्राहकहरुले प्रतिव्यक्ति रु एक लाख नगद उपहार जिजित्नेछन् ।


ADVERTISEMENT

# # #


साप्ताहिक ‘लक्की ड्र’ कार्यक्रम माघ २७ गते (सोमबार) देखि वार्षिक रिचार्ज गर्ने ग्राहकहरुको लागी मात्र लागु हुने डिशहोमका भनाई छ । । साप्ताहिक ‘लक्की ड्र’ कार्यक्रम फागुन २ गतेबाट डिशहोमको शो केस च्यानल नं. १०० प्रत्येक शुक्रबार बेलुकी ५ बजे प्रत्यक्ष प्रसारण गरिनेछ ।

प्रत्येक हप्ताको शुक्रबारदेखि बिहिबारसम्म वार्षिक रिचार्ज गर्ने ग्राहकहरुलाई आउने शुक्रबारको ‘लक्की ड्र’ समावेश गरिनेछ । ‘फन्ड ट्रान्सफर’ बाट वार्षिक रिचार्ज गर्ने ग्राहकहरुलाई मात्र साप्ताहिक ‘लक्की ड्र’ मा समावेश गरिने छ ।

समावेश भएका ग्राहकहरुको डिशहोम सेट-टप बक्सको CAS ID को आधारमा विजेताको घोषणा गरिने छ । विजेताको घोषणा डिजिटल प्रणालीबाट गरिने डिशहोमले जनाएको छ ।

नेपाल भरि रहेका जुन सुकै डिशहोमका डिलरहरु मार्फत ग्राहकहरुले ‘फन्ड ट्रान्सफर’ बाट वार्षिक रिचार्ज गरि यो योजनामा सहभागिता जनाउन सक्नेछन्