काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले मंगलबारदेखि संसद अवरोध हटाएको छ । राजनीतिक प्रतिशोधका आधारमा नेता विजय गच्छदारलाई भ्रष्टाचारको मुद्दा लगाइएको भन्दै विरोधमा निरन्तर प्रतिनिधिसभा बैठक अवरुद्ध गर्दै कांग्रेसले चौथो दिन भने अवरोध गरेन ।


ADVERTISEMENT


मंगलबार प्रतिनिधिसभाको बैठक सुरु हुनासाथ कांग्रेस सचेतक पुष्पा भुषालले विशेष समयमा बोल्दै आफ्ना नेता विजयकुमार गच्छदारमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारको प्रभावमा परेर राजनीतिक प्रतिसोधका आधारमा मुद्दा लगाएकाले संसदख अवरोध गर्नुपरेको बताइन् ।


ADVERTISEMENT

# # #


नेतृ भुसालले अख्तियारको कामलाई प्रमुख प्रतिपक्षी दलले नजिकबाट नियालिरहेको बताइन् । ‘संवैधानिक अंगले राजनीतिक प्रतिशोध साँधेर, सरकारको प्रभावमा आएर यदि यस्ता किसिमको निर्णय गर्छ भने हामी प्रमुख प्रतिपक्षी दल त्यस्ता अंगलाई नजिकबाट नियालेर बसेको छ’ उनले भनिन् ‘संविधानवादको विपरीत, काननको शासनको विपरीत, लोकतान्त्रिक मूल्य मान्यताका विपरीत कुनै संवैधानिक अंगले काम गर्छ भने त्यसलाई संसदले ननियालेर कसले नियाल्ने सभामुख महोदय ?’ यद्दपी गच्छदारको मुद्दा अदालतमा प्रवेश गरिसकेकाले लोकतान्त्रिद्दक पार्टी कांग्रेसले शक्ति पृथकीकरणको आधारमा अदालतको निर्णलाई सम्मान गर्ने बताइन् ।

कांग्रेस सचेतक भुषालले अख्तियारले मुद्दा दायर गर्नुलाई सरकारका प्रवक्ताले सरकारको उपलब्धीको रुपमा ब्याख्या गर्नुले पनि अख्तियार प्रभावित भएको देखिने भुसालले बताइन् । उनले सरकारलाई संवैधानिक अंगहरुमाथि हस्तक्षेप नगर्न सुझाइन् ।

अख्तियारले गत यही माघ २२ गते कांग्रेस संसदीय दलका उपनेता समेत रहेका पूर्वमन्त्री गच्छदारलाई बालुवाटारस्थित ललिता निवासको जग्गा प्रकरणमा कांग्रेस उपसभापति गच्छदारलगायत विभिन्न व्यक्तिविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

त्यसकै विरोधमा कांग्रेसले यसअघि माघ २३, २४ र २६ गतेको प्रतिनिधिसभा बैठक अवरोध गरेको थियो । तत्कालीन सरकारले गरेका निर्णयका आधारमा कुनै मन्त्री र सचिवलाई भ्रष्टाचारको आरोपमा मुद्दा दयार गरिएको तर केही राजनीतिक र प्रशासनिक नेतृत्वलाई बचाइएको भनी विरोध गर्दै आएको छ ।