काठमाडौँ – सत्तारुढ दल नेकपा (नेपाल कम्युनिस्ट पार्टी)का सांसद गजेन्द्र बहादुर महतले पैसा र सेवा सुविधा नभएका ठाउँमा इन्जिनियर जान नमान्दा विकासमा अवरोध पैदा भएको बताएका छन् ।


ADVERTISEMENT


मंगलबार नेपाल इन्जिनियरिङ्ग परिषद् पहिलो शंसोधन विधेयक २०७६ माथिको सामान्य सैद्धान्तिक छलफलका क्रमममा बोल्दै सांसद महतले सेवाका लागि दूरदराजमा गए पनि इन्जिनियरले केही समयमै सरुवा गरिदेऊ भनेर हैरान पार्ने गरेको बताए । ‘हामीले यस्ता इन्जिनियर पैदा गरेका छौँ कि जुम्ला बस्नै नमान्ने । बसेपनि चाँडोभन्दा चाँडो सरुवा गरिदेऊ भनेर हैरान गर्ने ।’ उनले भने, ‘पैसा कम भएको ठाउँमा त हाम्रा इन्जिनियर जाँदै नजाने । अब कसरी हाम्रो विकास हुने हो ?’


ADVERTISEMENT

# # #


संघ र प्रदेश सरकारले विकास निर्माणका काममा पैसा खर्च गर्न नसकेको भन्दै उनले व्यंग्यात्मक शैलीमा ‘कागजको नभई अब फलामको पैसा बनाउनु पर्ने’ बताए । ‘हिजो हामीले कागजको नोट काट्यौँ । अब यो बन्द गर्नुपर्‍यो ।’ उनले भने, ‘अब फलाम वा अन्य धातूको यस्तो नोट काट्नु पर्यो कि जुन नोट जोड्ने बित्तिकै पुल हुने, जहाँजहाँ घर बन्छ त्यहीँ पठाइदिने, जहाँजहाँ बाटो बन्द त्यहीँ पठाइदिने  होस् ।’

उनले अर्थमन्त्रालय र इन्जिनियरिङ्ग काउन्सिल मिलेर यस्ता किसिमका नोट काट्नु पर्ने नत्र भने दूरदराजको विकासका लागि पैसा खचै नहुने भन्दै व्यंग्य कसे ।