काठमाडौँ – सिभिल बैंक बाराको जीतपुरमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । उक्त शाखाको बुधबार नेपाल राष्ट्र बैंकका मुख्य प्रबन्धक राजन बिकम थापा तथा जीतपुर सिमरा उप–महानगरपालिकाका मेयर डा कृष्ण प्रसाद पौडेलले संयुक्त रुपमा उद्घाटन गरे ।


ADVERTISEMENT


शाखा उद्घाटन गर्दै शुभकामना मन्तव्य दिने क्रममा नेपाल राष्ट्र बैंकका मुख्य प्रबन्धक थापाले देशको आर्थिक बिकास बैंकहरुको सहभागिता बिना हुन नसकिने भएकोले सिभिल बैंकले जीतपुरमा शाखा विस्तार हुँदा यस क्षेत्रको वित्तीय गतिविधिमा टेवा पुग्ने कुरा बताए ।


ADVERTISEMENT

# # #


यस्तै जीतपुर सिमरा उप-महानगरपालिकाका मेयर डा. कृष्ण प्रसाद पौडेलले जीतपुरमा सिभिल बैंकले शाखा खोलेकोमा खुसी व्यक्त गर्दै बैंक प्रति कृतज्ञता ज्ञापन गरे । उनले सिभिल बैंकले यस क्षेत्रको जनताको घरदैलोसम्म पुगी वित्तीय सेवा उपलब्ध गराई त्यहाँको जनताको जीवनस्तर उकास्न सघाउ पुर्याउने कुरामा विश्वास व्यक्त गरे।

उक्त अवसरमा सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) गोविन्द गुरुङले देशको औद्योगीक नगरी बिरगंजसंग नजिक जीतपुरमा प्रशस्त औद्योगिक अवसरहरु रहेको र आफुले बैंकको तर्फबाट यस क्षेत्रको अर्थतन्त्र उकास्नका लागि सान्दर्भिक सेवा तथा सुविधाहरु प्रदान गर्ने कुरा बताए । सोही कार्यक्रमबीच बैंकका सीईओ प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले श्री फकिरा गिरी राजेश्वर गिरी माध्यमिक विद्यालयका प्रधानाध्यापक राजु कुमार सिंहलाई विद्यालयको इ–लाईब्रेरीको लागि एक थान कम्प्युटर हस्तान्तरण गरेका थिए ।

उक्त शाखाको उद्घाटन समारोहमा नेपाल राष्ट्र बैंकका मुख्य प्रबन्धक राजन बिकम थापा, जीतपुर सिमरा उप–महानगरपालिकाका मेयर डा। कृष्ण प्रसाद पौडेल, सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ लगायत सो क्षेत्रका राजनैतिक ब्यक्तित्वहरु, उद्योगी, व्यवसायी, गन्यमान्य ब्यक्ति तथा सर्वसाधरणको बाक्लो उपस्थिति थियो ।